नेपाली

#अल्पसंख्यक जाति# चन्द्रमामा उफ्रिनु

criPublished: 2021-11-30 16:22:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“तो य्वय ल्याङ” अर्थात् चन्द्रमामा उफ्रिनु चिनियाँ म्याउ जातिको मौलिक पर्यावरणीय नृत्य हो। चिनियाँ क्वी चौ प्रान्तीय सानतु जिल्ला तायु बस्ती तायु जातीय स्कूलका प्रमुख लो शङच्युनले बालबालिकाहरूकालागि यो नाच गर्नलगाउनुको प्ररम्भिक इच्छाबारे जानकारी दिए।

“पहाडी क्षेत्रमा अधिकाँश बालबालिकाहरूका बुवा-आमा काम गर्न बाहिर गएका छन्। फुर्सदमा उनीहरू शहरी बालबालिकाजस्तै विविध रुचिका कुराहरूमा भाग लिनसक्दैनन् र आमाबाबुको संगतको अभाव पनि छ। यी बालबालिकाहरूको फुर्सदको समयलाई रमाइलो बनाउनका लागि स्कूलको सहयोगमा शिक्षक याङ चाइछिङले म्याउ जातीय विशेषतायुक्त नाच सिकाएका थिए। शिक्षक याङले म्याउ जातिको परम्परागत नाचको आधारमा बालिकाका लागि उपयुक्त “तो य्वय ल्याङ” अर्थात् चन्द्रमामा उफ्रिनु नाचको डिजाइन गरेका हुन्।”

शिक्षक याङ चाइछिङको नेतृत्वमा विद्यार्थीहरूले “तो य्वय ल्याङ” अर्थात् चन्द्रमामा उफ्रिनु नामक नाच गरेर चीनका धेरै नाच प्रतियोगितामा पुरस्कार समेत जितेका छन्। बालबालिकाहरूले नाच्ने मञ्च झन् झन् बढ्नुका साथै “तो य्वय ल्याङ” अर्थात् चन्द्रमामा उफ्रिनु नामक नाच पनि झन् झन् आकर्षक बनेको छ। साथै क्वीचौ प्रान्तमा सबैभन्दा ठूलो म्याउ जातीय गाउँ काइलाइ गाउँले म्याउ जातीय “तो य्वय ल्याङ”को जन्मथलो भन्ने नाम पनि पाएको छ।

“तो य्वय ल्याङ” नाच हेर्नका लागि धेरै पर्यटकहरू टाढा क्षेत्रबाट काइलाइ गाउँ आउने गरेका छन्। पर्यटक बढ्नुका साथै गाउँको दृश्य पनि सुधार हुँदैछ। गाउँमा बाटो अझ समतल र चौडा पारिनुका साथै जातीय भवन पनि नवीकरण र विस्तार पारिएका छन्। गाउँमा नयाँ “तो य्वय ल्याङ” चोकको निर्माण गर्नुका साथै गाउँलेहरूले होमस्टेको सञ्चालन गर्नथालेका छन्। पर्यटनको विकास हुँदै गाउँलेको आम्दानी पनि बढ्दैछ। सन् २०१६ मा काइलाइ गाउँ चौथो चिनियाँ परम्परागत गाउँमा सूचिकृत भएको थियो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn