नेपाली

चिनियाँ सङ्ग्रहालयहरुद्वारा महामारीपछिको युगमा अन्तर्राष्ट्रिय सहयोगलाई सबल

criPublished: 2021-11-22 10:37:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे १८ तारिख अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस हो। चालू वर्षको अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको मुख्य विषय “सङ्ग्रहालयको भविष्य: पुन:स्थापना” रहेको छ। चीन राष्ट्रिय पूरातात्विक वस्तु व्यूरोका सम्बन्धित जिम्मेवार व्यक्तिका अनुसार, महमारीपछिको युगमा चिनियाँ सङ्ग्रहालयहरुले अन्तर्राष्ट्रिय सहयोग गरी विश्वका सङ्ग्रहालयहरुसँगै मिलेर विविध चुनौतिको सामना गर्ने छन्।

अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघले चालू वर्षको अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको मुख्य विषय “सङ्ग्रहालयको भविष्य: पुन:स्थापना” बनाएको छ। सन् २०२० देखि कोरोना महामारी विश्वमा फैलिंदै आएको स्थितिमा यो मुख्य विषय प्रस्तुत गरिएको हो। विश्वमा महामारीको नियमित रुपमा प्रतिरोध गर्ने पृष्ठभूमिमा सङ्ग्रहालयले धेरै चुनौतिको के-कसरी सामना गर्ने, आफ्नो जिम्मेवारीको के-कसरी वहन गर्ने साथै नयाँ ढंग र नयाँ प्रस्ताव खोज्ने विषय विश्वका सङ्ग्रहालयहरुले सोच-विचार गर्नु पर्ने मामिला हो।

अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघका उपाध्यक्ष, चिनियाँ सङ्ग्रहालय संघका उप-प्रमुख आन लाइसुनले चालू वर्षको अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको मुख्य विषयका धेरै अर्थहरु रहेको व्यक्त गर्नुभएको छ।

सङ्ग्रहालय संचालन, आर्थिक स्थिति र जिम्मेवारीलाई सामान्य स्थितिमा बनाउने अर्थ सजिलैसँग बुझिने छ। तथापि सङ्ग्रहालयको सामाजिक छविको पुन:निर्माण गरिनुपर्छ, विशेष गरी नयाँ संस्कृतिको मूल्यको सिर्जनाको क्रममा सङ्ग्रहालयको विशेष महत्वपूर्ण अर्थ रहेको छ।

संयुक्त राष्ट्र संघीय युनेस्कोको प्रतिवेदनका अनुसार, गत वर्ष गम्भिर महामारीको प्रभावमा विश्वका सङ्ग्रहालयहरु औसत रुपमा १५० दिनसम्म बन्द गरिएका थिए र जसबाट आय पनि ५० प्रतिशतले घटेको थियो। त्यसका अतिरिक्त, युनेस्को र अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघले प्रस्तुत गरेका गत वर्षका दुई वटा प्रतिवेदनका अनुसार, महामारीको प्रभावमा विश्वका करिब ९० प्रतिशतका सङ्ग्रहालयहरु विभिन्न अवधिमा बन्द गरिएका थिए। सन् २०२० को सेप्टेम्बरको तथ्याङ्क अनुसार, ६ प्रतिशतका सङ्ग्रहालयहरु स्थायी रुपमा बन्द गरिएका छन् भने १८ प्रतिशतका सङ्ग्रहालयहरु पुन:संचालनमा आउन नसकिने स्थितिमा छन्।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn