डिजिटल प्रविधिद्वारा हिउँदे खेललाई अघि बढाइएको
मकहाँ केही खेल उपकरणहरू छन्। यस्तो मेशिनको मुल्य कति हो?
म तुरून्तै चेक गरी तपाईँलाई बताउँछु।
शाङ हाई श नो लिमिटेड कम्पनीकी व्यापार निर्देशक याङ यानका अनुसार, डिजिटल प्रविधिले स्कीका लागि सुहाउँदो मौसम र स्थल हुनुपर्ने वातावरणलाई परिवर्तन गरेको छ, जसबाट यस खेल मानिसहरुको दैनिक जीवनमा र सामुदायिक क्षेत्रमा प्रवेश पाउन सजिलो हुन पुगेको छ। याङ यानले यस्तो प्रविधि हिउँदे खेलको विकासका लागि उपयोगी हुने ठहर गरिन्।
चीन अन्तर्राष्ट्रिय सेवामुलक व्यापार मेला हाम्रो आफ्नो प्रविधि देखाउने एउटा राम्रो मञ्च हो। हाम्रो छेउमा धेरै शक्तिशाली कम्पनी छन्। हामी बीच छलफल र आदान-प्रदान हुनसक्छ। अरु बढी व्यक्तिहरुले नयाँ प्रविधिको उपयोग गरी यस बजारको विकास गर्ने छन्।
स्कीका लागि पोशाक पनि आवश्यक छ। एक सय बीस सेल्सियसको परीक्षण टेबलमा एउटा पातलो “कागज” जस्तै सामान राखिएपछि उच्च तापक्रम रोकिएको छ। यस्तै हलुका सामग्री पोशाकमा प्रयोग गरिएमा एउटा नयाँ अनुभव हुनेछ। पैचिङ ते च्या थाई प्रविधि लिमिटेड कम्पनीका प्रथम वैज्ञानिक चौ फै फङले पहिलो चीन अन्तर्राष्ट्रिय सेवामुलक व्यापार मेलामा यस कम्पनीको उत्पादन वस्तुले धेरै विदेशी व्यवसायीहरुलाई आकर्षित गरेको थियो भन्दै यस पटकको यस्तो नयाँ सामग्रीले फेरि पनि उनीहरुलाई आकर्षण गर्नसक्ने आशा गरेका छन्।
चीन अन्तर्राष्ट्रिय सेवामुलक व्यापार मेला अन्तर्राष्ट्रिय व्यापारका लागि एउटा प्रभावकारी मञ्च हो। अघिल्लो मेलामार्फत विदेशी व्यवसायीहरुले हामीलाई ३०० भन्दा बढी इमेल पठाएका थिए। जसबाट हामीले केही ठूला अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गरेका थियौँ।