डिजिटल प्रविधिद्वारा हिउँदे खेललाई अघि बढाइएको
पाँच दिनसम्म चलेको चीन अन्तर्राष्ट्रिय सेवामुलक व्यापार मेला गत सेप्टेम्बरमा सम्पन्न भएको छ। भर्खरै सम्पन्न भएको टोकियो ग्रीष्मकालीन ओलम्पिक खेलकुद र नजिकिँदै आएको पैचिङ हिउँदे ओलम्पिक खेलकुदको सिलसिलामा व्यापक सर्वसाधारणहरू खेलकुदप्रति अरु बढी उत्साहित भएका छन्। चालू वर्षको चीन अन्तर्राष्ट्रिय सेवामुलक व्यापार मेलामा खेलकुद सम्बन्धी सेवा सबैभन्दा आकर्षित विषयहरुमध्येको एक बनेको थियो।
हिउँदे ओलम्पिक खेलकुदको इतिहासमा कुन कुन चिनियाँ खेलाडीहरु च्याम्पिएन भएका छन्?
वाङ मङ।
याङ याङ।
अरु छ की?
वु ता चिङ।
खेलकुद सम्बन्धी सेवा विषयक प्रदर्शन क्षेत्रमा प्रवेश गर्दा अनेकन् ठुल्ठूला इलेक्ट्रोनिक पर्दा र रंगीचङगी उपकरणहरु जताततै देखिन्छन्। पैचिङ हिउँदे ओलम्पिक खेलकुदको तयारीसँगै हिउँदे खेल अरु बढी आकर्षित भएको छ। यस पटकको चीन अन्तर्राष्ट्रिय सेवामुलक व्यापार मेलामा चिनियाँ ओलम्पिक समितिले दुईटा हलमा प्रदर्शन क्षेत्र राखेर टोकियो ओलम्पिक खेलकुदमा चिनियाँ प्रतिनिधि मण्डलको उत्कृष्ट उपलब्धि र चीनमा हिउँदे खेलको स्थिति देखाएको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुदको तयारी अवस्थाबारे जानकारी दिँदै चिनियाँ ओलम्पिक समितिको बजार विभागका उप-प्रमुख वाङ फिङ भन्नुहुन्छ,
चिनियाँ प्रतिनिधि मण्डलले प्रतियोगिताको सम्पूर्ण खेलमा भाग लिन प्रयास गरिरहेको छ। चिनियाँ खेलाडीहरुले पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा उत्कृष्ट उपलब्धि हासिल गर्न मेहनतपूर्वक तालिम लिइरहेका छन्। यसका साथै हिउँदे खेलप्रति चिनियाँ सर्वसाधारण उत्साहित छन्। “तीस करोड चिनियाँहरु हिउँदे खेल” मा सहभागी हुने लक्ष्यलाई हामीले साकार गर्नेछौँ।
हिउँदे खेलप्रति सर्वसाधारणको आकर्षण बढ्दैगएको सिलसिलामा बजारको पनि ठूलो विकास भएको छ। मेलाको ७ नम्बरको हलमा खेलसम्बन्धि विविध सामग्रीको अवलोकन, खरीद तथा बुद्धिमान खेल, वैज्ञानिक खेल र प्रतिस्पर्धात्मक खेलहरूको अनुभवसमेत लिने व्यवस्था थियो। यसले नयाँ युगमा खेलकुदको सेवामुलक उद्योगको विकासको नयाँ प्रवृत्ति पूर्ण रुपमा अभिव्यक्त गरेको छ। तिनीहरुमध्ये एउटा घरभित्र राख्नसकिने स्की मेशिनबारे धेरै आगन्तुकले सोधपुछ गरेका थिए।