नेपाली

दश वर्षसम्मको प्रयास गरी अब फेरि नयाँ यात्रा सुरू भएको

CRIPublished: 2023-10-26 09:32:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका लागि नेपालका राजदूत श्रेष्ठले "बेल्ट एन्ड रोड" को संयुक्त निर्माण गहिरो दार्शनिक महत्वले भरिएको छ, र यसले प्राचीन सिल्क रोडको ऐतिहासिक मूल्य जगाएको मूल्याङ्कन गर्नुभएको छ। नेपालका अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ महेश पाठकले "बेल्ट एन्ड रोड" को संयुक्त निर्माण नेपाल-चीन मैत्रीपूर्ण सम्बन्धको अर्को प्रमाण बनेको उल्लेख गर्नुभयो।

यसै वर्ष "बेल्ट एन्ड रोड" इनिशिएटिभको दशौँ वार्षिकोत्सव हो। दश वर्षयता "बेल्ट एन्ड रोड" अन्तर्राष्ट्रिय सहयोग सून्यबाट विकास भएर प्रशस्त उपलब्धि हासिल भएको छ भने बेल्ट एन्ड रोड इनिशिएटिभ पनि लोकप्रिय ग्लोबल सार्वजनिक उत्पादित वस्तु र अन्तर्राष्ट्रिय सहयोग मञ्च बनेको छ। हाल विश्वका १५० भन्दा बढी मुलुक र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संगठनले बेल्ट एन्ड रोड सहयोग पत्रमा हस्ताक्षर गरेका छन् जसबाट लगभग दश खर्ब अमेरिकी डलरको लगानी ड्राइभ गरिएको छ र संलग्न मुलुकलाई ४ लाख २० हजार रोजगार प्रदान गरी लगभग ४ करोड गरिबीलाई जोगाइएको छ।

हाल विश्वसमक्ष अभूतपूर्व अन्तर्राष्ट्रिय परिस्थिति, प्राविधिक क्रान्ति, बजार प्रतिस्पर्धा, सामाजिक आवश्यकता लगायत कारक तत्व देखिएको छ। यसरी नै राष्ट्राध्यक्ष सी चिनफिङले उच्च गुणस्तरीय विकास भन्ने नयाँ विकास विचार प्रस्तुत गर्नुभएको छ। जसको केन्द्र नै सुधार तथा नवीन सिर्जना, रूपान्तरण र स्तरोन्नति, हरित विकास, प्रतिभा समर्थनमार्फत उच्च गुणस्तरीय, दक्ष र बलियो नवीनता, राम्रो वातावरण र खुसीयुक्त जीवनको विकास मोडेल सिर्जना गरी आर्थिक तथा स्वस्थ सामाजिक विकासलाई अघि बढाउने भन्ने रहेको छ। "बेल्ट एन्ड रोड" इनिशिएटिभको दशौँ वार्षिकोत्सवमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेल्ट एन्ड रोडको उच्च गुणस्तरको संयुक्त निर्माणको खाका कोरी चीनको विशेष कार्य योजना प्रस्ताव गर्नुभयो जसलाई बेल्ट एन्ड रोड इनिशिएटिभको व्यवस्थित अपग्रेडको रूपमा मानिएको छ।

दश वर्षसम्मको प्रयास गरी अब फेरि नयाँ यात्रा सुरू भएको छ। बेल्ट एन्ड रोड इनिशिएटिभको आधारमा चीन-नेपाल मैत्रीपूर्ण आवत-जावत र द्विपक्षीय सहयोग अझ राम्रो हुने र विश्वको समृद्धिमा अझ राम्रो विकास हुने आशा छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn