नेपाली

दश वर्षसम्मको प्रयास गरी अब फेरि नयाँ यात्रा सुरू भएको

CRIPublished: 2023-10-26 09:32:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०१५को अप्रिल २५ तारिख नेपालमा ८.१ स्केलको भयंकर भूकम्प गएको थियो जसबाट काठमाण्डौँ दरबार क्षेत्रमा अवस्थित नौ तले दरबारमा ठूलो क्षति भएको थियो र माथिल्ला तीन तल्ला पूर्णरूपमा ध्वस्त भएका थिए। नेपाल सरकारले चीन सरकारलाई उद्धारको अपिल गरेपछि चीनले तत्कालै विशेषज्ञ दल खटाएर सम्बद्ध वस्तुको पुनःनिर्माण थालेको थियो। चिनियाँ साँस्कृतिक अवशेष विशेषज्ञले केही वर्षसम्मको प्रयासपछि दरबारको मुख्य भवनको पुनःनिर्माण कार्य पूरा भएको थियो र सन् २०२२ को डिसेम्बर मध्यतिर निर्माण सफल भएको नेपाल पक्षले जनाएको थियो। यसरी नेपालको सांस्कृतिक सम्पदा पुनर्जीवित भएको छ। नेपालको पुरातत्व विभागका निर्देशक गौतमले प्रशंसा गर्दै नौ तले दरबार पुनःनिर्माण कार्यक्रम सांस्कृतिक सम्पदामा अन्तर्राष्ट्रिय सहयोगको नमुना भएको र सांस्कृतिक सम्पदा मित्रताको पुलको रूपमा रहेर नेपाल-चीन सांस्कृतिक सम्पदा संरक्षण क्षेत्रको अरू सहयोगलाई बढाइने आशा आफूले लिएको उल्लेख गर्नुभयो।

केही वर्षयता नौ तले दरबार पुनःनिर्माण जस्ता बेल्ट एन्ड रोड प्रारूपमा रहेका द्विपक्षीय सहयोग विविध छन् र उपलब्धि प्रशस्त छन्। बेल्ट एन्ड रोड इनिशिएटिभलाई समर्थन गर्ने सबैभन्दा पहिले मुलुकमध्येको एकको रूपमा रहेको नेपालले चीनसँग बेल्ट एन्ड रोडको रचनालाई सक्रिय रूपमा अघि सारिरहेको छ भने पूर्वाधार निर्माण, ऊर्जा सहयोग, आर्थिक तथा व्यापारिक सहयोग, मानव तथा सांस्कृतिक आदान-प्रदान आदि क्षेत्रमा अनेक उपलब्धि हासिल गरेको छ। चीन–नेपाल क्रसबोर्डर रेलवे (नेपाल खण्ड) को सम्भाव्यता अध्ययन सम्पन्न भएको छ, चिनियाँ उद्योग संलग्न भएका माथिल्लो मर्स्याङदी ए लगायत विभिन्न जलविद्युत स्टेशनहरू सञ्चालनमा ल्याइएका छन्, “चीन-नेपाल इलेक्ट्रिक पावर सहयोग योजना” वार्ताको क्रममा छ, चीनमाथि नेपालको निर्यात मात्रा गत वर्षको तुलनामा ११८.३ प्रतिशत बढेको छ, केरूङ, तातोपानी, फुलान आदि नाका यात्रु र कार्गो आवागमन पुनःसुरू भएको छ, चीन-नेपाल प्रत्यक्ष फ्लाइट आधारभूत रूपमा पुनःसुरू भएको छ, आदि।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn