नेपाली

संयुक्त राष्ट्र संघ-चीन अन्तरिक्ष अन्वेषण र नवाचार विश्वव्यापी साझेदारी सम्बन्ध गोष्ठी

CRIPublished: 2022-11-24 09:22:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यस गोष्ठीले विश्वभरका ८० भन्दा बढी देश र क्षेत्रका अनलाइन र अफलाइन प्रतिनिधिहरूलाई आकर्षित गर्यो। एजेन्डामा अन्तरिक्ष अन्वेषण, नवीन अन्तरिक्ष नियम तथा नीति, अन्तरिक्ष विज्ञानका सम्भावनाहरू, चन्द्रमा र गहिरो अन्तरिक्ष अन्वेषण आदि विषयहरु समावेश थिए। संयुक्त राष्ट्र संघको बाह्य अन्तरिक्ष मामिला कार्यालयका कार्यवाहक निर्देशक निकोलस हेइडेम्यानले अन्तरिक्ष क्षेत्रमा चीनको उपलब्धिको प्रशंसा गर्नुका साथै अन्तर्राष्ट्रिय समुदायलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष अन्वेषण गर्दा समावेशी र विविधतायुक्त बनाउनका लागि हातमा हात मिलाएर काम गर्न आग्रह गर्नुभयो। उहाँका अनुसार चीनले गहिरो अन्तरिक्ष अन्वेषणको क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। छाङ्हो -5 चन्द्र अन्वेषणले सफलतापूर्वक चन्द्र नमूनाहरू सङ्कलन गर्‍यो, र थ्यान वेन नम्बर १ अन्वेषण यन्त्रले सफलतापूर्वक मंगलको सतहमा अवतरण गर्‍यो, ती सबैले महत्त्वपूर्ण वैज्ञानिक अनुसन्धानमा योगदान पुर्‍याएको छन्। अन्तरिक्ष अन्वेषणको जटिल क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग नै सफलता पाउने सबैभन्दा उत्तम माध्यम हो भन्ने उहाँको विश्वास छ।

प्रवक्ता सु होङ लियाङका अनुसार चाइना एरोस्पेसले सधैं साझा फाइदा सहयोगको अवधारणालाई अडान बनाएको र अन्तर्राष्ट्रिय साझेदारहरूसँग छाङ हो-४, छाङ हो-५ र थ्यान वेन १ कार्यभारमा बहु-क्षेत्रीय सहयोग गराएको छ। चाइना एरोस्पेसले खुला सहयोगको अवधारणा लिँदै जाने छ भने अन्तरिक्ष अन्वेषणमा सहभागी हुन सबै देशहरूलाई स्वागत गर्ने छ। मानव अन्तरिक्ष उडानको विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न अन्य देशहरूको अन्तरिक्ष अन्वेषण अभियानहरूमा भाग लिन चीन इच्छुक रहेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn