नेपाली

संयुक्त राष्ट्र संघ-चीन अन्तरिक्ष अन्वेषण र नवाचार विश्वव्यापी साझेदारी सम्बन्ध गोष्ठी

CRIPublished: 2022-11-24 09:22:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको राष्ट्रिय अन्तरिक्ष व्युरो, हाइनान प्रान्तको जन सरकार र संयुक्त राष्ट्र संघ बाह्य अन्तरिक्ष मामिलाका कार्यालयद्वारा सह-प्रायोजित "संयुक्त राष्ट्र संघ-चीन अन्तरिक्ष अन्वेषण र नवाचार विश्वव्यापी साझेदारी सम्बन्ध गोष्ठी " नोभेम्बरमा हाइखौमा आयोजित भयो।

४ दिने यस गोष्ठीमा सबै पक्षहरूले अन्तरिक्ष आदानप्रदान र सहयोगलाई सुदृढ गर्ने, शान्तिपूर्ण उद्देश्यका लागि बाह्य अन्तरिक्षको संयुक्त प्रयोग, र बाह्य अन्तरिक्षमा मानव जातिको साझा भविष्य भएको समुदायको निर्माणलाई प्रवर्द्धन गर्ने जस्ता विषयमा छलफल र आदानप्रदान गरे।

गोष्ठीले "नयाँ अन्तरिक्ष अन्वेषण र नवाचार विश्वव्यापी साझेदारीको निर्माणलाई बढावा दिनको लागि चाइना एरोस्पेस कार्य वक्तव्य" जारी गर्‍यो। वक्तव्यमा भनिएको छ, चीनले विश्वभरका अन्तरिक्ष एजेन्सीहरू र अन्तर्राष्ट्रिय संगठनहरूसँग विश्वव्यापी शासन, कार्य समन्वय प्रवर्द्धन, परियोजना सहयोगलाई गहिरो बनाउन, नवीन विकासको प्रवर्द्धन गर्न र वैज्ञानिक उपलब्धिहरूको संयुक्त उपभोग गर्न इच्छुक छन्। अन्तरिक्ष अन्वेषण र नवीनताको लागि नयाँ विश्वव्यापी साझेदारीले बाह्य अन्तरिक्षमा मानवजातिको साझा भविष्यको साथ समुदाय निर्माण गर्न मद्दत गर्ने छ। चीनको राष्ट्रिय अन्तरिक्ष व्युरोका प्रेस प्रवक्ता सु होङ लियाङले भन्नुभयो कि यसले चीनको अन्तरीक्ष उद्योगको अन्तर्राष्ट्रिय प्रभावलाई अझ बढाउने छ।उहाँका अनुसार यस गोष्ठीले अन्तर्राष्ट्रिय आदानप्रदान तथा वार्तालाई प्रवर्द्धन गरेको छ भने अन्तर्राष्ट्रिय सहयोगको साझा फाइदा विकासको अवधारणालाई अभ्यास गरेको छ। जसबाट विश्वव्यापी अन्तरिक्ष अन्वेषण र नवाचारलाई बढावा दिन चीनको महत्त्वपूर्ण योगदानलाई प्रतिबिम्बित गरेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn