नेपाली

इजरायलद्वारा “पुनः लङ मार्च” व्यक्तिगत फोटो प्रदर्शनीको आयोजना

criPublished: 2022-11-07 09:15:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

इजरायलका प्रकाशक पिएरि लभिले फोटो प्रदर्शनीको अवलोकन गरेपछि सो प्रदर्शनी निकै रोचक रहेको भन्दै अरु सेनाले गर्न नसक्ने काम सफलताका साथ गरेको कारण चिनियाँ लाल सेना निकै उत्कृष्ट रहेको ठहर गर्नुहुन्छ,

विश्वका अरु सेनाले चिनियाँ लाल सेनाले गरेको लङ् मार्च जस्तै यात्रा गर्न सक्छ कि सक्दैन भन्ने मलाई थाहा छैन। जुन चिनियाँ भावनाको प्रतीक पनि हो। लाल सेनाको विश्वास निकै दृढ रहेको थियो। त्यसले शत्रुहरुसँग लडाईं गर्नुका साथै प्राकृतिक वातावरणका धेरै कठिनाईलाई जितेको थियो। अन्त्यमा लङ् मार्च सफल भएको थियो। जसबाट लाल सेनाको विश्वास धेरै दृढ रहेको देखिएको थियो।

इजरायलका लागि चिनियाँ राजदूत छाई रुईनले डेभिड चीनका पुराना साथी हुनुहुन्छ भन्दै चालू वर्ष चीन र इजरायल बीचको दौत्य सम्बन्ध स्थापना भएको ३०औं वार्षिकोत्सवको उपलक्ष्यमा “पुनः लङ मार्च” फोटो प्रदर्शनीको आयोजना गरिनुको महत्त्वपूर्ण अर्थ रहेको बताउनुहुन्छ,

डेभिड ज्यू चीनका पुराना र असल साथी हुनुहुन्छ। १७ वर्षअघि उहाँले फेरि लङ् मार्चको यात्रा गर्नुभयो। जसबाट चीनको लङ् मार्च, चिनियाँ लाल सेना र चिनियाँ कम्युनिष्ट पार्टीप्रति उहाँले अरु बढी जानकारी लिनुभयो। उहाँले विशेष रुपमा फोटो प्रदर्शनीको आयोजना गर्नुभएको छ। यस पटकको फोटो प्रदर्शनी पनि अर्थपूर्ण रहेको छ। एकातिर इजरायलका साथीहरुले फोटाहरुबाट चिनियाँ लाल सेना तथा चिनियाँ कम्युनिष्ट पार्टीको कथाबारे अरु राम्रोसँग बुझ्नसक्ने छन्, अर्कातिर फोटो प्रदर्शनीले दुई मुलुकका जनता बीचको जानकारी र मित्रतालाई गहन पार्नसक्ने छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn