नेपाली

इजरायलद्वारा “पुनः लङ मार्च” व्यक्तिगत फोटो प्रदर्शनीको आयोजना

criPublished: 2022-11-07 09:15:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर २४ तारिख बेलुका इजरायलका नागरिक डेभिड बेन उजिएलको व्यक्तिगत फोटो प्रदर्शनी तेलअभिभमा अवस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा आयोजना भएको छ। चीन र इजरायलका विभिन्न क्षेत्रका करिब एक सय जना मैत्री व्यक्तिहरुले सो फोटो प्रदर्शनीको अवलोकन गर्नुका साथै “पुनः लङ मार्च” सम्बन्धमा डेभिडको प्रशिक्षणमा भाग लिएका छन्।

इजरेली डेभिडले सन् २००५ मा चिनियाँ लाल सेनाले हिंडेको लङ् मार्च मार्ग फेरि हिंड्नुभयो। इजरायल फर्केपछि उहाँले आफ्नो यात्राबारे एउटा पुस्तक लेख्नुभयो। यस पुस्तकलाई हिब्रु, अंग्रेजी र चिनियाँ भाषामा प्रकाशित गरिएको छ। आफ्नो यात्रामा उहाँले स्थानीय प्रचलन र रीतिरिवाज सम्बन्धी फोटाहरु खिच्नुभयो। सो फोटो प्रदर्शनीमा प्रदर्शन गरिएका करिब ४० वटा फोटा उहाँले हजारौं फोटाहरुबाट छान्नुभएको हो। लङ् मार्चको यात्राको प्रक्रियामा धेरै वर्षअघि निकै कठिन वातावरणमा चिनियाँ कम्युनिष्ट पार्टीको दृढ नेतृत्व नभएको भए दृढ विश्वास हुने थिएन र चिनियाँ लाल सेनाको लङ् मार्च सफल हुने थिएन भन्ने ठहर डेभिडले गर्नुभयो। अहिले चिनियाँ जनताको जीवनमा फड्को मार्ने परिवर्तन भइसकेको छ, चीनको क्रान्ति र निर्माण प्रक्रियामा चिनियाँ कम्युनिष्ट पार्टीले स्थायी रुपमा जनताका लागि काम गरेको कारण त्यसले चिनियाँ जनताको समर्थन प्राप्त गरेको ठहर गर्दै डेभिड भन्नुहुन्छ,

चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका एकदम महत्वपूर्ण छ। त्यसले चिनियाँ जनतालाई केन्द्रमा राख्दै जनताका लागि काम गरेको छ। त्यसैले चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताको समर्थन जितेको छ। लङ् मार्चको अवधिमा लाल सेनाका प्रमुखले सैनिकहरुको हेरविचार गर्नुभयो। त्यसैले सैनिकहरुले पनि सेनाका प्रमुख र चिनियाँ कम्युनिष्ट पार्टीमाथि विश्वास गरी चिनियाँ कम्युनिष्ट पार्टीलाई पछ्याइरहे।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn