नेपाली

अझ घनिष्ठ चीन-नेपाल भाग्य समुदायको रचना गर्ने

criPublished: 2022-10-20 09:06:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आगामी आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा सुरू हुनेछ। विगत दश वर्षमा चीनले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। सो अवधिमा चीनको कूल आर्थिक मात्रा ५३९ खर्ब चिनियाँ युआनदेखि ११४४ खर्ब चिनियाँ युआनसम्म बढेको छ भने प्रतिव्यक्ति जीडीपी ६३०० अमेरिकी डलरदेखि १२ हजार अमेरिकी डलरभन्दा बढीसम्म पुगेको छ, धेरै वर्षमा विश्व अर्थतन्त्रलाई गरेको योगदान दर ३० प्रतिशत नाघेको छ। साथै ८ वर्षसम्मको अथक प्रयासमा ९ करोड ८९ लाख ९० हजार गरिबले गरिबीबाट मुक्ति पाएका छन् भने ऐतिहासिक रूपमा निरपेक्ष गरिबी समस्यालाई सम्पूर्ण रूपमा उन्मूलन गरेको छ।

सन् २०१५ को अप्रिल २५ तारिख नेपालमा ८.१ स्केलको भूकम्प गएको थियो। असल छिमेकी मुलुकको रूपमा रहेको चीनले तत्कालै उद्धार गरी सगरमाथा पार जीवन रेखा निर्माण गरेको थियो। भूकम्प पीडित तिब्बतीलाई उद्धार गर्नुका साथै ३ खेप गरी १४ करोड चिनियाँ युआन बराबर उद्धार सामग्री तत्कालै नेपालमा पठाएको थियो। साथै सरकार, सेना र नागरिक समाजका क्षेत्रबाट खटाइएका दशौँ वटा उद्धार टोली र चिकित्सा टोली पनि तत्कालै नेपाल पुगेका थिए। त्यसपछि चीन सरकारले ३ अर्ब चिनियाँ युआन बराबरको पुनःनिर्माण सहयोग गर्ने घोषणा गरेको थियो। दुई पक्षले २५ वटा पुनःनिर्माण कार्यक्रमको सम्झौतामा हस्तक्षर गरेका थिए। चीनले नेपाललाई पेट्रोलियम प्रदान गरी तेल अभावको कठिनाइलाई जित्न सहयोग गरेको थियो।

सन् २०२०को सुरूमा चीनमा कोभिड-१९ महामारी फैलियो। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै व्यक्त गर्नुभयो कि नेपाल चीन सरकार र चिनियाँ जनतासँग ऐक्यवद्धता जनाउँछ, त्यसपछि नेपाल सरकारले वुहानलाई १ लाख वटा मास्क प्रदान गरेको थियो। पछि नेपालमा पनि महामारी फैलियो। चीनले तत्कालै नेपाललाई आवश्यक महामारी प्रतिरोधी सामग्री प्रदान गरेको थियो साथै महामारी विरूद्ध मूल्यवान अनुभव बाँढेको थियो। राष्ट्राध्यक्ष सी चिनफिङले नेपालका राष्ट्रपति भण्डारीसँग टेलिफोन गर्दा जोड दिनुभयो कि चीनसमक्ष महामारी प्रतिरोध गर्ने सबभन्दा कठिन अवस्थामा नेपाल सरकार र जनताले चीनलाई दृढ समर्थन गरेबाट चिनियाँ जनतामाथि नेपाली जनताको गहिरो मित्रता देखिएको छ र चीनले नेपालको महामारी अवस्थाबारे ध्यान दिइरहेको छ भने नेपाललाई महामारी नियन्त्रणमा दृढ समर्थन निरन्तर रूपमा दिनेछ। हाल उद्धार, खरिद, कोभिक्सलगायत च्यानलमार्फत चीन नेपालको सबभन्दा ठूलो कोभिड-१९ खोप प्रदान मुलुक बनेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn