चीनमा सपनालाई पछ्याउँदै जिम्बाब्वेका फुटबल प्रशिक्षक
वाल्टरको विचारमा चिनियाँ बालबालिकाले फुटबललाई माया गर्छन्। उहाँले विद्यार्थीहरूसँग राम्रोसँग कुराकानी गर्नसक्यो भने बालबालिकाले प्रशिक्षकको तरिका सजिलै बुझ्न सक्नेछन्।
वाल्टर जिम्बाब्वेको हरारेस्थित “बारे” नामक गरिबी शिविरमा जन्मनुभएको थियो। फुटबलका कारण उहाँ गरिबी शिविरबाट बाहिर जानुभयो। उहाँले उहाँजस्तै फुटबल सपना बोकेका बालबालिकाले फरक जीवन प्राप्त गर्नसक्ने आशा लिनुभएको छ। वाल्टरले महामारीको अन्त्यपछि चिनियाँ विद्यार्थीहरूलाई जिम्बाब्वे लैजाने योजना बनाउनुभएको छ। उहाँ भन्नुहुन्छ “हामी सांस्कृतिक आदान-प्रदान कार्यक्रमको आयोजना गर्ने छौँ। हामीले चिनियाँ बालबालिकालाई जिम्बाब्वेको अवलोकन गराउने र त्यहाँका बालबालिकाको जीवन अवस्था देखाउने छौँ। चिनियाँ विद्यार्थीहरू उताबाट फर्केपछि अझै बलियो बन्ने छन्।”