चीनमा सपनालाई पछ्याउँदै जिम्बाब्वेका फुटबल प्रशिक्षक
जिम्बाब्वेली वाल्टर मुसान्हु सन् २०१६ मा चीन आउनुभएको हो। उहाँले चीनमा आएदेखि नै फुटबल प्रशिक्षण गर्दैआउनुभएको छ। उहाँले फुटबल विद्यालयको समेत स्थापना गर्नुभएको छ, जुन तीन वर्ष भइसक्यो। उहाँको फुटबल विद्यालयको स्थापनाको शुरुका दिनमा तीन जना सदस्य मात्रै थिए। हाल झण्डै एक सय जना सदस्य छन्। जिम्बाब्वेदेखि नै आफ्नो सपनालाई पछ्याउँदै आउनुभएको जिम्बाब्वेली युवाले चीनमा धेरै सफलता प्राप्त गर्नुभएको छ।
सन् १९८७ मा जन्मिनुभएका वाल्टर जिम्बाब्वेबाट चीन आउनुभएको हो। उहाँ व्यावसायिक फुटबल खेलाडी हुनुहुन्थ्यो, अस्ट्रियामा व्यावसायिक फुटबल लीग खेल्नुभएको थियो। घुँडामा चोट लागेपछि उहाँ यूरोप छोडेर जिम्बाब्वे फर्कनुभयो। त्यसपछि उहाँको व्यावसायिक जीवन समाप्त भयो। पछि उहाँले यूरोप र अफ्रिकाबाट प्रशिक्षक प्रमाण पत्र हासिल गर्नुभयो। सन् २०१६ उहाँ चीन आउनुभयो।
“सन् २०१६ देखि सन् २०१९ सम्म म एक फुटबल क्लबमा प्रशिक्षक भएँ।”
चीन आएपछि वाल्टर युवा फुटबल प्रशिक्षक बन्नुभयो। सन् २०१९ को उत्तरार्धमा वाल्टरले च्या त आइ नामक फुटबल विद्यालय खोल्नुभयो। उहाँ भन्नुहुन्छ “एक विदेशीका लागि चीनमा स्वरोजगार अप्ठ्यारो छ। फुटबल विद्यालय खोल्ने क्रममा शुरुमा निकै अप्ठ्यारो थियो। फुटबल विद्यालयमा भर्ना गराउनु सबैभन्दा अप्ठ्यारो कुरा थियो।”
फुटबल विद्यालयमा भर्ना भएका सदस्यका बुबाआमाका आँखामा प्रशिक्षक वाल्टर धैर्यबान हुनुहुन्छ। उहाँसँग फुटबल अभ्यास गर्ने बालबालिकाहरूले वाल्टरलाई प्रशिक्षकको रूपमा मनपराएका छन्। बालबालिकाका बुबाआमालाई वाल्टरप्रति सन्तुष्ट लागेको छ। एक सदस्यकी आमा भन्छिन् “मेरो बच्चाले प्रशिक्षक वाल्टरको अभ्यास देखेपछि वाल्टरसँग फुटबल सिक्ने आशा लिए। परीक्षात्मक प्रशिक्षणपछि उनले प्रशिक्षक वाल्टरसँग फुटबलको अभ्यास गर्ने निर्णय गरे। हालसम्म मेरो बच्चाले प्रशिक्षक वाल्टरसँग अभ्यास गरिरहेको छ।”