सिन्च्याङमा पहिलो टेस्ला केन्द्र
हालै सिन्च्याङले नयाँ ऊर्जा स्रोत मोटर गाडीको विकासमा महत्व दिएको, नयाँ ऊर्जा स्रोत मोटर गाडी व्यवसायको विकासको समर्थन दिएको छ। टेस्लाअन्तर्गत चीनको पश्चिमी क्षेत्र शाखाका जिम्मेवार व्यक्ति हु स्याउल्याङ भन्नुहुन्छ “ऊरुमुछीस्थित टेस्ला केन्द्र टेस्लाले सिन्च्याङमा सेवालाई विस्तार गर्ने महत्वपूर्ण आरम्भ हो। टेस्लाले सिन्च्याङका उपभोक्तालाई उच्च गुणस्तरको सेवा उपलब्ध गराउने छ।”
ऊरमुछीबाहेक, टेस्लाले सिआन, लानचौ, यिनछ्वानलगायतका उत्तर-पश्चिमी क्षेत्रमा एघार वटा पसल खोलेको छ। हु स्याउल्याङकाअनुसार, टेस्लाले ग्राहकको आवश्यकताका लागि अझै राम्रो सेवा दिनुका साथै निरन्तर रुपमा विजुली चार्ज सञ्जाल र सेवा सञ्जालको सुधार गर्ने छ।