नेपाली

सिन्च्याङमा पहिलो टेस्ला केन्द्र

criPublished: 2022-01-21 16:01:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल विश्वको विद्युतीय मोटर गाडी प्रसिद्ध मार्का टेस्लाले सिन्च्याङको पहिलो टेस्ला केन्द्र अर्थात् ऊरुमुछी टेस्ला केन्द्र खोलेको कुराको घोषणा गरेको छ। टेस्लाका सम्बन्धित जिम्मेवार व्यक्तिकाअनुसार, सिन्च्याङमा नयाँ ऊर्जा स्रोत मोटर गाडीको ठूलो बजार र नयाँ ऊर्जा स्रोतको राम्रो नीतिले टेस्ला लगायतका नयाँ उर्जा स्रोत उद्योग-व्यवसायलाई चीनको उत्तर-पश्चिममा विकासको अवसर खोज्न सघाउनेछ।

ऊरुमुछीस्थित टेस्ला केन्द्र सिन्च्याङको सबैभन्दा ठूलो मोटर गाडी पार्कमा पर्दछ। टेस्ला केन्द्रको क्षेत्रफल १६२० वर्गमिटर छ। यो ऊरुमुछीको टेस्ला केन्द्र टेस्लाले सिन्च्याङमा खोलेको पहिलो पसल हो भने चीनको उत्तर-पश्चिममा खोलेको एघारौं पसल हो। हाल टेस्लाले चीनमा २११ वटा पसल खोलेको छ र चीनको मुख्यभूमिका ६० वटा शहर ढाकेको छ।

ऊरुमुछीको टेस्ला केन्द्रमा टेस्लाका तीन किसिमका नयाँ ऊर्जा स्रोत मोटर गाडी प्रदर्शन गरिन्छ। टेस्लाको “स्रोतको किफायत” र पैसाको किफायतको विशेषताले धेरै उपभोक्तालाई अवलोकन गर्न आकर्षित गर्छ। ऊरुमुछीका नागरिक रभुखाइथीच्याङ भन्छन् “मेरो मोटर त पेट्रोल गाडी हो। मेरो गाडीमा पेट्रोलको खपत हुन्छ। म प्रतिदिन सत्तरी वा असी किलोमिटरको दूरी चढ्ने हो भने एक महिनामा पेट्रोलको खर्च करीब दुई हजार चिनियाँ युआन बराबर छ। मेरो साथीले विद्युतीय मोटर गाडी चढ्छन्। साथीले भने, तीन हजार किलोमिटरको दूरीमा एक सय चिनियाँ युआनको बिजुली शूल्क भए पुग्छ।”

हालैका वर्षहरूयता सिन्च्याङमा नयाँ ऊर्जा स्रोत मोटर गाडीको संख्यामा क्रमशः वृद्धि भैरहेको छ। हालसम्म सिन्च्याङमा नयाँ ऊर्जा स्रोत मोटर गाडीको संख्या करीब पचास हजार पुगेको छ। सन् २०२१का अघिल्ला सात महिनामा ऊरुमुछीको नयाँ ऊर्जा स्रोत मोटर गाडीको बिक्री मात्रामा सन् २०२० को सोही अवधिको तुलनामा २९८.२९प्रतिशतले वृद्धि भएको थियो। टेस्लाअन्तर्गत चीनको पश्चिमी क्षेत्र शाखाका जिम्मेवार व्यक्ति हु स्याउल्याङले सिन्च्याङमा नयाँ ऊर्जा स्रोत मोटर गाडीको ठूलो बजार छ। उहाँ भन्नुहुन्छ “सिन्च्याङमा फराकिलो जमीन र थोरै मानिस छ। उपभोक्तालाई अझै राम्रो सेवा उपलब्ध गराउनका लागि हामीले सिन्च्याङमा एक सेवा केन्द्रको स्थापना गर्‍यौं।”

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn