नेपाली

#अल्पसंख्यक जाति# जातीय विशेषतायुक्त परिकारबाट धनी बन्ने नयाँ उपाय

criPublished: 2022-01-18 10:00:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“म “नौ कचौरा तरकारी” को तेस्रो पुस्ताको उतराधिकारी हुँ। हाल मैले यो शिल्प मेरी छोरीलाई सिकाएको छु। अब केही विद्यार्थीलाई सिकाउने योजना छ। मेरो रेस्टुराँको सञ्चालनको क्रममा स्थानीय सरकारले धेरै सहयोग दिएको छ। पानी, बिजुली, कोठाको भाडा र कर निःशुल्क गरेको छ। जसबाट मलाई अझ बढी विश्वास छ कि यो व्यापारको अझै विकास हुनेछ।”

अर्को साहुजी अब्दुमिजित अब्दुरिक्सिटले खाश प्राचीन शहरको सुधारबाट फाइदा पाएका छन्। प्राचीन शहरको सुधारपछि उनको घरआवास तीन तले जातीय विशेषतायुक्त भवन बनेको छ। दृश्य क्षेत्रको विशेषताको प्रयोग गरेर अब्दुमिजितले जातीय विशेषतायुक्त कफी पसल सञ्चालन गरेका छन्। हरेक साल यो पसलको आम्दानी १ लाख युआन पुगेको छ।

उनी भन्छन्-

“मैले कफी बनाउने शिल्प सिकेँ। व्यापार ज्यादै राम्रो छ। हामीले बनाएका दीर्घायु चिया, युगुर जातिको परम्परागत चिया धेरै लोकप्रिय छन्। हाम्रो कफी पसल लोकप्रिय बनेको छ। खाश प्राचीन शहर घुम्ने पर्यटकहरू हाम्रो कफी पसलमा अवश्य नै आउँछन्।”

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn