#अल्पसंख्यक जाति# जातीय विशेषतायुक्त परिकारबाट धनी बन्ने नयाँ उपाय
विभिन्न जातिसँग आ-आफ्ना जातीय विशेषतायुक्त खाद्यपरिकार छन्। सिन्च्याङको परिकार बनाउने मान्छेहरूले जातीय खाद्यपरिकार संस्कृतिको उतराधिकारी बन्नुका साथै विकास र जीवनको सुधार पनि गरेका छन्।
स्वबिनुर अक्रमुका बुवाले भुटेको भेडाको मासुसम्बन्धी व्यापार थालेको कम्तीमा तीस वर्ष भइसकेको छ। विश्वविद्यालयबाट स्नातक भएपछि स्वबिनुर अक्रमुले उक्त शिल्पको उतराधिकार गरी बुवासँगै भुटेको भेडाको मासु पकाउने शिल्प तथा विक्रीको अनुसन्धान गर्दैआएकी छिन्। पहिलेको बढीमा २० वर्गमिटरको पसल हाल १२० वर्गमिटरसम्म फैलिएको छ। उनले भेडाको मासु भुट्ने शिल्प टुलुफान शहरीय गैरभौतिक सांस्कृतिक सूचिमा समेत राखिएको छ। उनले यसरी चर्चा गरिन्-
“वेबसाइटमार्फत् हाम्रो उत्पादन अरू प्रान्तमा विक्री भएका छन्। केही वर्षयता सिन्च्याङका धेरै विशेषतायुक्त परिकार बजारगत तथा ब्रान्ड व्यवस्थापन गर्न सुरू भएका छन्। झन् झन् बढी मान्छेहरूले सिन्च्याङका विभिन्न जातीय विशेषतायुक्त परिकार खान पाएका छन्। भविष्यमा मैले हाम्रो भुटेको भेडाको मासुको मार्का देशभरि प्रसारण गरेर अझ बढी मानिसलाई सिन्च्याङको भुटेको भेडाको मासु खुवाउने योजना बनाउने छु।”
४८ वर्षीय ग्वलनुर ज्वमाबाइले खर्खच जातीय विशेषतायुक्त खानाको रेस्टराँ सञ्चालन गर्छिन्। उनले यसरी भनिन्-
“भेडाको मासु, भुटेको मासु, घोडीको दूध, मक्खनलगायत विषेतायुक्त परिकार अतिथिहरूलाई ज्यादै मन पर्छ। हरेक महिना मेरो रेस्टुराँको नाफा लगभग २० हजार युआन पुग्छ। हालको जीवनबारे मलाई निकै संतोष लागेको छ।”
ह्वी जातीय मा स्येछाइ छाङची खाजा सडकमा एउटा रेस्टुराँ सञ्चालन गर्दछन्। उनले मुख्यतः ह्वी जातीय परम्परागत खाना “नौ कचौरा तरकारी” को विक्री गर्छन्। उनले परम्परागत खानाको आधारमा नयाँ सिर्जना गरी परम्परा तथा आधुनिकता मिलाएर व्यापार झन् झन् राम्रो हुँदैगएको बताउँछन्। उनी भन्छन्-