इटालीका एक वृद्धा रेशमी मार्ग पुनःअवलोकनको तयारीमा
गामारोटाले भेनिसदेखि पैचिङसम्म बाह्र वटा एशियाली र यूरोपेली मुलुकको भ्रमण गर्ने योजना बनाएकी छिन्। साथै उनले यात्राको समयलाई खुकुलो बनाएकी छिन्। यात्राको क्रममा बाटोमा विविध संस्कृतिको रेकर्ड गर्ने योजना पनि बनाएकी छिन्।
बीस वर्षअघि गामारोटाले आफ्नो घरमा इटालीमा अध्ययनरत चिनियाँ केटीको स्वागत गरेकी थिइन्। उक्त चिनियाँ केटीसँग उनको अझै पनि कुराकानी हुन्छ। उनको विचारमा चिनियाँ संस्कृति जादुमयी छ। उनले चिनियाँ केटीको आफ्नो घरमा स्वागत गरेजस्तै चीनमा चिनियाँ जनताद्वारा हार्दिक स्वागत गरिने अपेक्षा लिएकी छिन्। गामारोटा भन्छिन् “चीनको परम्परागत संस्कृतिलाई चिनियाँ जनताले कसरी निरन्तरता दिएको छ त ? म यसप्रति उत्सुक छु। मेरो विचारमा इटालीमा पहिले यस्तो संस्कृति थियो। हामीले इटालीको परम्परा बिर्स्यौँ, तर चिनियाँहरूले आफ्नो संस्कृति बिर्सेका छैनन्। चीनमा मैले चिनियाँहरूबाट हार्दिक स्वागत पाउने आशा लिएकी छु।”