नेपाली

इटालीका एक वृद्धा रेशमी मार्ग पुनःअवलोकनको तयारीमा

criPublished: 2021-12-31 16:16:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सत्तरी वर्षभन्दा बढी उमेरकी एक इटाली वृद्धा रेशमी मार्ग पुनःअवलोकन गर्ने तयारी गर्दै छिन्। यी वृद्धाको नाम भिएना गामारोटा हो। उनी पैदल यात्राका सौखिन हुन्। उनले आगामी वर्ष मार्को पोलो मार्गको पुनःअवलोकन गर्ने योजना बनाएकी छिन्। हाल उनी यसैको तयारीमा छिन्। उनको यस पटकको पैदल यात्राको उद्देश्य उनीजस्तै वृद्धाहरूलाई आफ्नो सपनाका लागि प्रयास गर्न भन्नु हो। उनकाअनुसार, चीनको पुरानो संस्कृति जादुमयी छ। साथै मार्को पोलोले जस्तै उनले यात्राको सङ्ग्रह निकाल्ने योजना पनि बनाएकी छिन्।

७२ वर्षीया भिएना गामारोटाले केही वर्षअघि रेशमी मार्गको अवलोकन गर्ने योजना बनाएकी थिइन्। तर महामारीका कारण उनको योजना स्थगित भयो। कामबाट अवकाश हुनुअघि उनी एक कम्पनीका कर्मचारी थिइन्। पहिले उनले यूरोप, नेपाल, ब्राजिलमा पैदल यात्रा गरेकी थिइन्। उनको पछिल्लो पैदल यात्रा भनेको जर्मनीका लेखक गोएथेको यात्रा पछ्याउँदै चेकबाट सिसिलिया टापूसम्मको थियो। उनी भन्छिन् “मैले छानेका पैदल मार्गहरू सबै कथा बोकेका मार्गहरू हुन्। मार्गको मात्रै कथा नभई मार्गमा हिँडेका मानिसहरूको पनि कथा धेरै छन्। मार्को पोलोले पनि समान काम गर्नुभयो। उहाँले एशियाका कथाहरूको रेकर्ड गर्नुभयो। पहिले हाम्रो विचारमा एशिया र यूरोपबीच कुनै पनि सम्बन्ध थिएन, तर वास्तवमा एशिया र यूरोप जोडिएको छ।”

वृद्धा गामारोटाले योजनामा निकै ध्यान दिएकी छिन्। किनभने सत्तरी वर्षीय वृद्धाको हैसियतमा उनले सामान्य मानिसले पूरा गर्न अप्ठ्यारो हुने खालको कुरा छानेकी छिन्। हाल उनी सो टाढा यात्राको तयारीमा छिन्। उनलाई शारीरिक क्षमता र स्वास्थ्य अवस्थाप्रति चिन्ता छैन। उनका दुई छोरीले उनलाई साथ र सहयोग दिने छिन्। यसबाहेक, एकजना डाक्टरले मोबाइल सफ्टवेयरमार्फत उनको स्वास्थ्य अवस्थाको सूदूर अनुगमन गर्ने छन्। उनी भन्छिन् “मैले यस पटकको यात्रालाई सबै महिलाहरू खास गरी मेरो उमेरकी महिलाहरूप्रति समर्पित गर्ने छु। किनभने मेरो उमेरका महिलाहरूको कुनै सपना नहुने तथा साहसिक काम नगर्ने ठहर लिन्छन्। म उनीहरूलाई सपना नत्याग्न तथा सपनाका लागि प्रयास गर्न भन्छु।”

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn