#अल्पसंख्यक जाति# साङ्ग्रिलाको छोरो-स्नातिङचुको कथा-1
“हो त नि, पाला गाउँदेखि २१४ राष्ट्रिय मार्गसम्म लगभग १०००मिटरको उकालो छ। राजमार्गको निर्माण गर्न सम्भावना छैन।” अर्को विशेषज्ञले यसरी भने।
यस्तो जवाफ सुनेर स्नातिङचुलाई रीस उठ्यो। उनले भने-
“नेतागण र विशेषज्ञहरू, आज म यहाँ आउनुको उद्देश्य तपाईंहरूसँग उक्त मार्गको निर्माण पारीत गर्नका लागि अनुरोध गर्न होइन। मैले तपाईंहरूलाई सर्वेक्षण तथा डिजाइनका विषयमा सल्लाह गर्न मात्रै अनुरोध गरेको हुँ। तपाईंहरूले स्वीकार गर्ने वा नगर्ने भएमा म स्नातिचुले उक्त राजमार्गको अवश्य नै निर्माण गर्नुपर्छ।”
“तपाईंहरूलाई म अनौठो भएको लाग्छ होला। तर राजमार्गको निर्माण दश वर्षको उमेरदेखि मैले खाएको कसम हो। यो मेरो बायाँ आँखाबाट सुरू भएको हो।”
स्नातिङचुको आँखाको कथा के हो? आगामी साताको अल्पसंख्यक कार्यक्रममा निरन्तर सुन्नुहुने होला।