#अल्पसंख्यक जाति# साङ्ग्रिलाको छोरो-स्नातिङचुको कथा-1
दक्षिण-पश्चिमी चिनियाँ युननान प्रान्तीय राजमार्ग सर्वेक्षण र डिजाइन संस्थानमा एउटा बैठक गम्भीर तथा तनावको कुरा आयोजित हुँदै थियो। एकजना कालो अनुहार भएका पुरूषले आफ्नोबारे परिचय दिँदै थिए-
“मेरो नाम वाङ हाइबिन। वास्तवमा सबैले मलाई तिब्बती नाम स्नातिङचु भनेकोमा मलाई अझ मन पर्छ। म पहाडी क्षेत्रबाट आएको खाङपा तिब्बती हुँ। हामी तिब्बतीहरूका जीवनभरि तीन आशामा पहिलो ल्हासा गएर पोताला दरवार हेर्नु हो। दोस्रो पैचिङको यात्रा गरेर थ्यानआनमन र राष्ट्राध्यक्ष माउ हेर्नु हो। तेस्रो समुद्र हेर्नु हो। त्यसैले म पहाडी क्षेत्रको बच्चा भए तापनि नाम वाङ हाइबिन अर्थात् समुद्रतटवर्ती भन्ने हो।”
स्नातिङचुको जन्मथलोलाई पालाकचुङ भनिन्छ। उनले बैठकमा सहभागीहरूलाई आफ्नो जन्मथलोबारे यसरी चर्चा गर्थे-
“नीसी बस्तीमा अरू गाउँका मान्छेहरूले आफ्नो बच्चालाई कसरी शिक्षित गर्ने थाहा छ कि? उनीहरूले तँ अटेरी भएमा पालाकचुङमा पठाउने भनेर हप्काउँछन्। किनकि हामी त्यहाँ ज्यादै गरिब थियौं। बन्द छ। त्यहाँ राजमार्ग छैन। हामी पहाडबाहिर जाने भएमा हातजस्तै फराकिलो बाटोमा हिंड्नुपर्छ। गाउँलेहरूले मक्खनको उत्पादन गरेर बाहिर विक्री गर्नखोजेमा पहाडी बाटोमा धेरै दिन हिंड्नुपर्छ। मेला पुगेको बेलामा मक्खन विग्रेको छ।”
स्नातिङचुका अनुसार, यो सबैभन्दा ठूलो समस्या होइन। त्यहाँका बासिन्दाहरू रोगी हुनुभएन। गम्भीर रोग लागेमा अरू मान्छेहरूबाट बोकिएर बाहिर जानुपर्छ। तर सधैं बाटोमा मृत्यु हुन्थ्यो।
यद्यपि बैठकमा सहभागी विशेषज्ञहरूले उनको जानकारी सुने तापनि राजमार्गको निर्माण गर्ने अनुरोध अस्वीकार गरेका छन्।
“स्ना दाजु, तिम्रो जानकारी मैले पढेँ। तर मेरो अनुभवअनुसार, तिम्रो पालाकचुङमा राजमार्गको निर्माण गर्ने भौगोलिक अवस्था छैन।”