विकासोन्मुख मुलुकले चीनको साझा सम्पन्नता सिक्नसक्ने
उहाँले एक उदाहरण दिनुभयो, सन् २०२०को अन्त्यमा चीनको थ्येन चिन रेलमार्ग व्यावसायिक प्रविधि कलेजले नाइजेरियाको अबुजा विश्वविद्यालयसँग “लु बान कार्याशाला”को स्थापना गर्न सहकार्य गरेको थियो। यो कार्याशालाले विजुली, यान्त्रिकीकरणआदि क्षेत्रहरूमा प्राविधिज्ञलाई तालिम दिन्छ। चीनको विश्वविद्यालय र अबुजा विश्वविद्यालयले लु बान कार्याशालाको स्थापना गरेको कुरा एक प्रगति हो। भविष्यमा नाइजेरियाको मागबमोजिम दुई मुलुककले अझै धेरै लु बान कार्याशालाको स्थापना गर्ने र अझै धेरै प्राविधिज्ञलाई तालिम दिने छन्।
अफ्रिकाका धेरै मुलुकका विद्वान र विशेषज्ञले चीनको गरिबी मुक्ति, साझा सम्पन्नतासम्बन्धी कदम र अनुभवमाथि ध्यान दिएका छन्। केन्याको “दक्षिण दक्षिण सहयोग”को थिंक ट्याँकका जिम्मेवार एवम् विद्वान स्टिफन नडेग्वाले हाल “चीनको चौतर्फी सम्पन्नता”श्वेत पत्र पढ्नुभएपछि केन्याको “द स्टार” पत्रिकामा लेख प्रकाशित गर्दै उक्त श्वेत पत्रमा गरिबी उन्मुलनको सफल उपाय समावेश भएको कुरा व्यक्त गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व, सुन्दर जीवनप्रति चिनियाँ जनताको प्रतीक्षा, अगाडि हिँड्ने बाटोमा सबै कठिनाइ र चुनौतीको सामना गर्ने भावना चीनले गरिबीको सफलताका साथ उन्मुलन गरेको मुख्य कारण भएको कुरा बताउनुभयो।
तान्जानियाको दार ए सलाम विश्वविद्यालयअन्तर्गत चीन समस्या अध्ययन केन्द्रका प्रमुख हुमफरे मोशीले चिनियाँ कम्युनिष्ट पार्टीले सधैं नै जनताको मूलभूत हितको प्रत्याभूति गरेको, यो चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई आर्थिक विकास, महामारीको बिरुद्ध, गरिबी मुक्तिआदि क्षेत्रहरुमा ठूलो उपलब्धि हासिल गर्न नेतृत्व गरेको मुख्य कारण भएको कुरा बताउनुभयो।