नेपाली

विकासोन्मुख मुलुकले चीनको साझा सम्पन्नता सिक्नसक्ने

criPublished: 2021-12-03 16:37:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनले गरिबीलाई सफलताका साथ उन्मुलन गरिसकेको, ग्रामीण क्षेत्रको पुनरुत्थानलाई अगाडि बढाउँदैछ। यही सन्दर्भमा मैले च च्याङ प्रान्तका केही गाउँहरूको अवलोकन गर्ने मौका पाएँ। ती गाउँहरू लुघ शहर बनेका छन्। किनभने ती गाउँहरूको आधारभूत प्रबन्ध शहरको भन्दा भिन्न छैन। त्यहाँ विजुली, पानी, इन्टर्नेट, यातायात निकै सुविधाजनक छ। च च्याङ नोर्मल विश्वविद्यालयअन्तर्गत अफ्रिकी अध्ययन विभागका नाइजेरियाली विद्वान अडेकुन्ल ओसीडिपेले अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनुभएको हो। अडेकुन्लेको विचारमा चीनले साझा सम्पन्नतालाई अगाडि बढाउनुमार्फत गरिब र धनीबीचको भिन्नता साँगुरो पाल्दैछ, कम आम्दानीका सर्वसाधारणलाई आम्दानी बढाउन मद्दत दिँदैछ। चीनको कदमलाई अरु विकासोन्मुख मुलुकहरूले सिक्न सक्छन्।

च च्याङ नोर्मल विश्वविद्यालय पूर्वी चीनको च च्याङ प्रान्तीय चिन ह्वा शहरमा पर्दछ। अडेकुन्लेले त्यहाँ धेरै वर्षसम्म अध्ययन गर्नुभयो। उहाँले स्थानीय साझा सम्पन्नताको निर्माणबारे गहिरो अनुभव गर्नुभयो। सन् २००५ मा उहाँले चीनको भ्रमण गर्नुभयो। सन् २००८ मा उहाँले अध्ययन गर्न च च्याङ नोर्मल विश्वविद्यालय जाने मौका पाउनुभयो। उहाँकाअनुसार, शुरुमा चीनको बारेमा उहाँको जानकारी तेस्रो सञ्चार-माध्यम र केही चिनियाँ चलचित्रबाट आएको थियो। ती जानकारी उहाँले वास्तविकतामा देख्नुभएको चीन फरक थियो। कल्पनाभन्दा चीन अझै विकसित, आधुनिक र खुला हो।

अडेकुन्लेको मातृभूमि नाइजेरिया अफ्रिकाको ठूलो जनसंख्या मुलुक हो। लामो समययता नाइजेरियाको आधारभूत प्रबन्धको निर्माण कमजोर थियो। हालैका वर्षहरूयता चीन र नाइजेरियाको सहकार्य गहिरो बनेको साथसाथै उहाँले नाइजेरियाको विकास र परिवर्तनको अनुभव गर्नुभयो। उहाँकाअनुसार, नाइजेरियाको आधारभूत प्रबन्धको निर्माणमा चीनको संलग्नता नाइजेरियालाई विकास लक्ष्य साकार तुल्याउन मद्दत दिएको एक ठूलो राम्रो कुरा हो। चीनले नाइजेरियाको आर्थिक र सामाजिक विकासका लागि ठूलो योगदान दिएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn