नेपाली

विदेशी युवा-युवतीद्वारा स छ्वान प्रान्तको हजारौँ वर्ष लामो इतिहासको अनुभव

criPublished: 2021-11-29 15:20:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

२ हजार वर्षअघि प्राचीन कालका मानिसहरुले सिर्जनात्मक तरिकामार्फत यस्तो विशाल जल संभार परियोजना बनाएकोमा मलाई आश्चर्य लागेको छ। एकदम राम्रो छ।

क्वाङ हान शहरमा रहेको सान सिङ तुई सङ्ग्रहालयमा विदेशी युवा-युवतीहरुले प्राचीन कांस्य र सुनका वस्तुहरू हेर्न पाएका छन्। शान्ति अन्तर्राष्ट्रिय अस्पतालकी चिकित्सक सुमायाह १३ वर्षदेखि चीनमा बस्दैआएकी छिन्। यस पटकको अवलोकनप्रति उनी गदगद भएर भन्छिन्,

अहिले म सान सिङ तुई सङ्ग्रहालयमा छु। मैले धेरै पूरातात्विक वस्तुहरुको अवलोकन गरेकी छु। यी पूरातात्विक वस्तुहरु निकै रमणीय छन् र यिनीहरुको आफ्नो कथा छ। प्राचीनकालको सु-संस्कृतिबारे अरु बढी जान्न चाहेमा सान सिङ तुई सबैभन्दा उपयोगी छनौट हो भन्ने मलाई लागेको छ। सान सिङ तुईमा एउटा पूरातात्विक वस्तुको उचाइ ३ मिटर छ,यसले मलाई छक्क पार्‍यो।

छङ तुको पाण्डाको प्रजनन् र अनुसन्धान केन्द्र विदेशी युवा-युवतीले छङ तुमा सबैभन्दा मन पराउने स्थल हो। विश्वको पहिलो पाण्डासँग अन्तर्क्रिया गर्ने सङ्ग्रहालयमा उनीहरुले विशेषज्ञसँग आदान-प्रदान गरी पाण्डाको प्रजनन् कार्यबारे जानकारी लिएका छन्। शाङ हाई छ्वान यिन लिमिटेड कम्पनीकी कर्मचारी आलिसन्ले पाण्डा पहिलो पटक देखेकी हुन्। उनले आफ्नो अनुभव इक्वेडोरका साथीहरूसँग बाँड्ने इच्छा गरेकी छिन्।

पाण्डा कस्तो मनोहर रहेछ। यहाँ आएपछि मैले पाण्डा सम्बन्धी धेरै कुरा जानेकी छु। अरु बढी मानिसहरु यहाँ आएर पाण्डाबारे जानकारी लिनसक्ने आशा मैले राखेकी छु।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn