नेपाली

विदेशी युवा-युवतीद्वारा स छ्वान प्रान्तको हजारौँ वर्ष लामो इतिहासको अनुभव

criPublished: 2021-11-29 15:20:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्तमान चीन र विश्व अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित “अन्तर्राष्ट्रिय युवा-युवतीहरुको चीनको यात्रा” कार्यक्रम हालै चीनको स छ्वान प्रान्तमा सम्पन्न भएको छ। पाँच दिनको अवधिमा १४ मुलुकका २१ युवा-युवतीहरुले अघि पछि गरी छङ तु, वन छ्वान, तु च्याङ यान र यि पिन लगायत स्थलको भ्रमण गरी स छ्वान प्रान्तको हजारौँ वर्षको इतिहास र मानव जाति तथा प्रकृति बीचको मेलमिलाप सह-अस्तित्वको “मन्द जीवन”को महसूस गरेका छन्।

स छ्वान प्रान्त “अन्तर्राष्ट्रिय युवा-युवतीहरुको चीनको यात्रा” कार्यक्रमको अन्तिम गन्तव्य स्थल हो। विदेशी युवा-युवतीहरुले छड तुमा रहेको चीन युरोपेली केन्द्रमा स छ्वान र विश्वबीच अन्तरसम्पर्क तथा अन्तर सह-कार्यको पूर्ण रुपमा महसूस गरेका छन् साथै छिङ छङ शानमा चिया बनाउने कलाकारसँग प्राचीन चिया-घोडा बाटोको इतिहासबारे जानकारी लिएका छन्।

वन छ्वान काउन्टीको यीङ श्यु जिल्लालाई सन् २००८ को मे १२ तारिख गएको विनाशकारी भूकम्पले भयंकर ध्वस्त पारेको थियो। विदेशी युवा-युवतीहरुले श्वेन खौ माध्यमिक विद्यालयको भग्नावशेषमा मृतकहरुलाई फूल अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्। भूकम्पपछि पुन:निर्मित नयाँ यीङ श्यु जिल्लाको अवलोकन गरेपछि सीपै विश्वविद्यालयमा अध्ययनरत मेहाद मौसालाई प्रकोपपछि चीनको पुन:निर्माणको द्रूत गतिप्रति आश्चर्य लागेको छ।

यहाँ अवलोकन गरेपछि मलाई चिनियाँहरु निकै श्रेष्ठ लागेका छन्। यस्तो विनाशकारी प्रकोपपछि हाल यहाँ नयाँ संसार जस्तै देखिन्छ। त्यसैले मेरो मनमा गहिरो छाप परेको छ।

२ हजार वर्षअघि निर्मित तु च्याङ यान जल संभार परियोजनाले अहिलेसम्म पनि छङ तु मैदानलाई सिँच्दै आएको छ। चिनियाँ अन्तर्राष्ट्रिय टेलिभिजनकी संचालिका एभामारिया मैयरले यहाँ अवलोकन गरेपछि तु च्याङ यानमा पर्यटन सम्बन्धी एउटा कार्यक्रम बनाउनसक्ने आशा राखेकी छिन्।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn