नेपाली

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा निरन्तर रुपमा मानव जातिको सभ्यताको सबै उपयोगी उपलब्धि सिक्दै जाने

criPublished: 2021-11-18 09:23:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जनता राष्ट्रको मालिक बन्न सक्छन् कि सक्दैनन् भन्ने कुराबाट एक राष्ट्रको लोकतान्त्रिक व्यवस्थाको मूल्याङ्कन गर्न सकिन्छ। स्पेनको “राष्ट्रिय अखबार”वेभसाइटले हालै एउटा लेख सार्वजनिक गरेअनुसार वर्तमान पश्चिमा समाजमा नागरिकसँग मतदान लगायत राजनीतिक अधिकार रहे तापनि यी अधिकारले सर्वोच्च राजनीतिक नीतिलाई प्रभाव पार्ने शक्ति छैन। धेरै शक्तिशाली व्यक्तिहरुले सर्वसाधारणका पछाडि राजनीतिक निर्णय गरेका छन्। यस धारणाबाट पश्चिमी मुलुकद्वारा गौरब गरिने“लोकतान्त्रिक चुनाव”को वास्तविकता देखाएको छ भने यो धनीहरुको खेल हो अनि वास्तविक लोकतन्त्र होइन।

वास्तविक लोकतन्त्र के हो? हालै चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रिय समितिको छैठौं पूर्ण बैठकले विज्ञप्ति सार्वजनिक गर्दै चीनमा प्रजातान्त्रिक राजनीतिको अभ्यासलाई संक्षेपमा प्रस्तुत गरेको छ। यस विज्ञप्तिले जनताको प्रजातन्त्रको सम्पूर्ण प्रक्रियाको विकासलाई जोड दिन्छ, र जनता नै देशको मालिक हुन् भनी सुनिश्चित गर्दछ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएदेखि यता स्वदेश तथा विदेशी श्रेष्ठ राजनीतिक सभ्यताको उपलब्धि सिक्दै जनतालाई राष्ट्रको मालिक बनाउने अडान दृढताका साथ कायम राख्दै आएको छ। विशेष गरी सन् २०१२ देखि यता चिनियाँ कम्युनिष्ट पार्टीले लोकतान्त्रिक सिद्धान्त र अभ्यासलाई बढाउँदै एक प्रक्रियाभरि जनतालाई लोकतन्त्रको बाटोमा लग्दै आएको छ। यो लोकतन्त्र मोडेलमा चुनावी लोकतन्त्र, विवेकपूर्ण लोकतन्त्र, सामाजिक लोकतन्त्र, तल्लो तहको लोकतन्त्र र नागरिक लोकतन्त्र आदि लोकतान्त्रिक राजनीतिक तत्वहरू समेटिएका छन्। जसले चिनियाँहरुलाई सबैभन्दा व्यापक, सबैभन्दा वास्तविक र सबैभन्दा प्रभावकारी लोकतन्त्रिक अधिकार दिइएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn