# अल्पसंख्यक जाति# पठारभूमिमा हरितगृह
पूर्वी तिब्बतमा पर्ने लिनच शहर तिब्बतीका साथै हान, मनपा, लोपा, ह्वी, नु, तुलोङ, नासीलगायत ३५ जातीय मानिसहरू मिलेर बसेको क्षेत्र हो। केही वर्षयता लिनच शहरले जातीय एकतालाई सम्बर्द्धन गर्दै विभिन्न जातिबीचको आदानप्रदान तथा मेलमिलापलाई बढाउँदै आएको छ।
हरितगृहमा एक पुरूष किसानहरूलाई साग रोपन प्रविधि सिकाउँदैछन्।
“खेती गर्नु बच्चा जन्माउनुजस्तै हो। बच्चा धेरै राम्रो होइन। शिक्षाको गुणस्तर सबैभन्दा महत्वपूर्ण छ। सागको रोपण पनि त्यस्तै हो। पहिला तिमीहरूले खेती गर्दा मात्रामा ध्यान दिएका थियौ। हाल प्रविधिको प्रयोग गर्नुपर्छ। उत्पादित मात्रा बढाउनुका साथै गुणस्तर, पोषण र स्वादलाई राम्रो बनाउनुपर्छ। त्यसो भए राम्रो मुल्यमा पनि विक्री गर्नसकिन्छ।”
यो कुरा बताउने मानिस छन छ्यान हुन्। उनी सागसब्जी केन्द्रका प्राविधिक निर्देशक हुन्। उनको यो कुरा सुनेर धेरै दिदीहरू हाँसिन्।
छन छ्यान हु पै प्रान्तबाट आएका हुन्। उनी थु च्या जातीय हुन्। उनले तिब्बतमा साग रोपण सिकाउनथालेको लगभग बीस वर्ष भइसक्यो। उनले जानकारी दिए-
“च्यारिखा गाउँमा ९५ वटा हरितगृह छन्। त्यसमा स्कस, चिनियाँ साग, काँक्रो, भिँडे खुर्सानी, गोलभेडालगायत बीस प्रकारका सागसब्जी रोप्ने गरिन्छ। यहाँ प्रत्येक साल उत्पादन मात्रा १६ लाख ८० हजार केजी हुने गरेको छ जसबाट ९० लाख युआन कमाइ हुन्छ। हाम्रो साग लिनच, ल्हासा, शिगाचे आदि क्षेत्रमा विक्री हुन्छन्।”
“मेरो विचारमा जातीय एकता आपसी आदानप्रदान गर्ने, सिक्ने, सहयोग गर्ने र साझा समृद्ध हुने हो।” यो विचारको पालना गर्दै छन छ्यानले सागसब्जी केन्द्रलाई जातीय परिवारको रूपमा निर्माण गरेका छन्। उनले भने, “तिब्बतका विभिन्न जातीय सर्वसाधारणको सहयोग तथा उनीहरूको सद्भावबाट यो उपलब्धि हासिल भएको छ। यो देखेर मलाई आनन्द लागेको छ।”