नेपाली

#अल्पसंख्यक जाति# पठारभूमिमा एल्भ्स मानिएको तिब्बती मृग

criPublished: 2021-10-26 15:30:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

प्रत्येक मे र जुन महिनामा तिब्बती मृगहरूको बसाइँसराइको मौसम हो। करिब चार हजार मिटर उचाइमा रहेको छिङहाइ-तिब्बत रेलवेको वु ताउल्याङ स्टेशनमा संरक्षक लङचौ छाइच्याले हरेक बिहान टेलिस्कोपद्वारा बसाइँ सर्ने तिब्बती मृगहरूको अवलोकन गरेका छन्। यदि तिब्बती मृगहरू बसाइँसराइ गरेमा रक्षकहरूले आवतजावत गाडीहरू रोक्नुपर्छ। अन्य मौसममा, रक्षकहरूको मुख्य काम पहाडमा गस्ती गर्ने हो। लङचौ छाइच्याले जानकारी दिए, " उद्धार चाहिने जंगली जनावरहरू खोज्नका लागि सामान्यतया हरेक दिनमा लगभग 200 किलोमिटर हिड्नुपर्छ।" केही वर्षअघि लङचौ छाइच्याले आफूले उद्धार गरेको हरेक साना तिब्बती मृगलाई नाम दिएका थिए। "त्यसपछि मैले यस्तो गरेको छैन। तिब्बती मृगहरू यहाँका वास्तविक मालिक हुन्। तिनीहरू यहाँका हुन्, मानिसका होइनन्।"

तर गत शताब्दीको ८० र ९०दशकमा, युरोपेली र अमेरिकी महिलाका लागि सल बनाउन पठारभूमिमा २६लाख वर्ष बसोबास गर्ने यी "मालिक"हरूमध्ये लगभग सबैलाई शिकार गरिएको थियो। तीन तिब्बती मृगको भुँवाबाट औँठी पार गर्ने सल बनाउन सकिन्छ। एउटा सलको मूल्य ५,००० देखि ३०,००० अमेरिकी डलरसम्म पुगेको छ। ठूलो नाफाले ठूलो मात्राको शिकार बढेको छ। कम्तिमा २ लाख देखि ३लाखसम्मका तिब्बती मृग शिकार गरिएका थिए।

तिब्बती मृगको सुरक्षा गर्न रक्षक र शिकारीले जीवन र मृत्युको प्रतिस्पर्धा गरेका छन्। सन् १९८८ चीनले "जंगली जनावर संरक्षण कानून" तर्जुमा गरेर सबैभन्दा कडा मापदण्डमार्फत् पठारभूमिमा एल्भ्स मानिएको तिब्बती मृगको संरक्षण गर्दछ।

तर शिकारीहरू झन् चतुर र क्रूर पनि बन्दै थिए। तिब्बती मृगका अवैध शिकारीको बन्दुकबाट तिब्बती वन्यजन्तु रक्षक चेसाङ सोनानदाचे ज्यान गुमाएका छन्। यद्यपि मृत्युले संरक्षकहरूलाई तर्साएको छैन। अझ बढी स्वयंसेवकहरूले सोनानदाचेलाई उदाहरण बनाएका छन्। अझ बढी सुरक्षा कार्यहरू सुरु भएका छन्। र तिब्बती मृगको संरक्षण कार्यमा अझ बढी उन्नत उपकरणको प्रयोग गरिएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn