नेपाली

“रकेट दर्जी” कहलाइएका काउ फङलिनको कथा

criPublished: 2021-09-24 09:52:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तर अन्त्यमा प्राध्यापक तीङले उक्त रकेट दर्जीलाई बोलाउने विचार गर्नुभयो। प्राध्यापक तीङ चाउचुङका सचिवले उक्त रकेट दर्जीलाई टेलिफोन गरे। प्राध्यापक तीङको निमन्त्रणा पाएपछि “रकेट दर्जी” कहलाइएका चीनका उत्कृष्ट वेल्डिङ मजदूर काउ फङलीनले धेरै पटकको परीक्षापछि एउटा उपाय खोज्नुभयो। उहाँले आफ्नो विचारलाई प्राध्यापक तीङ र अरु वैज्ञानिकहरूलाई सुनाउनुभयो। वैज्ञानिकहरूले काउ फङलीनको विचारको प्रशंसा गरे। उनीहरूले नासासमक्ष सुनाए। नासाले काउ फङलीनलाई विशेष विशेषज्ञको हैसियतमा तत्स्थलमा अल्फा चुम्बकीय स्पेक्ट्रोमीटर नम्बर दुईसम्बन्धी कामको निर्देशन गर्न निमन्त्रण गरे।

काउ फङलीन चीनको एयरोस्पेस विज्ञान प्रविधि निगममा रकेट मेशिन वेल्डिङ गर्ने गुरु हुनुहुन्छ। चीनले छाङ चङ नम्बर तीन क्यारियर रकेटको अनुसन्धान तथा उत्पादन गर्दा पहिलो पटक वेल्डिङ प्रविधिको प्रयास गरेको थियो। काउ फङलीनले पहिलो मेशिनको वेल्डिङ गर्ने जिम्मा लिनुभएको थियो। त्यस अवधिमा उहाँले एक महिनामा सक्दो प्रयास गरेर छाङ चङ नम्बर तीन क्यारियर रकेटको पहिलो मेशिनको वेल्डिङ कार्य सफलताका साथ पूरा गर्नुभएको थियो। आफूले उत्पादन गरेको नयाँ वस्तु हेरेर काउ फङलीनलाई निकै खुशी लागेको थियो।

चीनको रकेट उद्योग छाङ चङ नम्बर तीनबाट विकास भएर छाङ चङ नम्बर पाँच पुगेको छ। छाङ चङ नम्बर तीनको तुलनामा नम्बर पाँचको बनौट अझै सटीक छ। काउ फङलिनले फेरि उक्त कार्यको पाउनुभएको थियो। एकेक कठिन समस्याहरूलाई काउ फङलीनले समाधान गर्नुभएको छ। त्यसैले उहाँ क्रमशःप्रसिद्ध बन्नुभएको छ।

प्रिय श्रोता, भर्खरै तपाईँले सुन्नुभयो- “रकेट दर्जी” कहलाइएका रकेट इन्जिन वेल्डिङ गर्ने विशिष्ट मजदूर काउ फङलिनको कथाबारेको सामग्री। आजको आँखीझ्याल कार्यक्रम यहीँ पूरा हुन्छ। हवस्त, कार्यक्रमबाट म प्रतिभालाई विदा दिनुहोस्। नमस्ते।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn