नेपाली

“रकेट दर्जी” कहलाइएका काउ फङलिनको कथा

criPublished: 2021-09-24 09:52:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आजको कथा म विश्वका प्रसिद्ध वैज्ञानिक एवम् नोबेल पुरस्कार विजेता तीङ चाउचुङबाट आरम्भ गर्ने छु। प्राध्यापक तीङ विश्व प्रसिद्ध वैज्ञानिक हुनुहुन्छ। उनले आफ्नो जीवन नै ब्रह्माण्डसम्बन्धी अध्ययनलाई दिनुभएको छ। सन् १९७६ मा उहाँले भौतिक शास्त्रमा नोबेल पुरस्कार जित्नुभएको थियो। सन् १९९६ देखि उनले एण्टी म्याटर र डार्क म्याटरसम्बन्धी अध्ययन थाल्नुभएको थियो। उक्त अध्ययन परियोजना पूरा गर्नका लागि तीङ चाउचुङले अमेरिकी राष्ट्रिय वैमानिकी र अन्तरिक्ष व्यूरो अर्थात् नासाको समर्थनमा १६ वटा मुलुकका ५० वटा विश्वविद्यालयका ६ सय जना वैज्ञानिकबाट गठित वैज्ञानिक अनुसन्धान टोलीको गठन गर्नुभएको थियो। उहाँको टोलीले अन्तरिक्षमा एण्टी र डार्क म्याटर खोज्ने उपकरण अर्थात् अल्फा चुम्बकीय स्पेक्ट्रोमीटर नम्बर दुईको अनुसन्धान गरेको थियो। तर यो मेशिनभित्र वेल्डिङ गर्नुपर्ने भाग सबै वैज्ञानिकहरूका सामु देखापरेको अप्ठ्यारो समस्या बनेको थियो। किनभने यो मेशिन निकै महंगो छ र यसको मूल्य करीब दुई अर्ब अमेरिकी डलर पर्छ। त्यसैले कसरी वेल्डिङ गर्नसकिने समस्या कठिन बनेको थियो।

वैज्ञानिक टोलीले एकपछि अर्को गरी दुई वटा उपाय प्रस्तुत गरेका थिए तर प्राध्यापक तीङ ती उपायहरूप्रति सन्तुष्ट भएनन्। केहीले भने, चीनको पैचिङमा एकजना रकेट दर्जी बस्छन्। उनले रकेटको मेशिनको वेल्डिङ गर्नसक्छन्। चीनका धेरै रकेटहरू उनैले वेल्डिङ गरेका हुन्। त्यसपछि रकेट दर्जीलाई निमन्त्रण गर्ने प्रस्ताव प्रस्तुत गरियो। तर केहीले उक्त रकेट दर्जी कुन विश्वविद्यालयबाट स्नातक भएको सोधे। रकेट दर्जी माध्यमिक व्यावसायिक विद्यालयबाट मात्र उत्तीर्ण भएको थाहा पाएपछि सबैले अस्वीकार गरे। उनीहरूको विचारमा डाक्टर डिग्रीका वैज्ञानिकहरूले समाधान गर्न नसक्ने समस्या माध्यमिक व्यावसायिक विद्यालयका मानिसले समाधान सक्दैन भन्ने थियो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn