नेपाली

बंगलादेशी युवाका आँखामा चीनको सम्पन्न जीवन

criPublished: 2021-09-10 09:41:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल चीनमा सिकेका, काम गरेका, विवाह गरेका विदेशीहरू धेरै छन्। उनीहरूले पनि चीनको “सम्पन्नता”का कारण चीनमा आ-आफ्ना सपना साकार तुल्याएका छन्। उनीहरूले चिनियाँहरूसँग चीनको सामाजिक विकासको अनुभव गर्दैछन् र “सम्पन्नता”ले ल्याएको सुन्दर जीवनको अनुभव गर्दैछन्।

बंगलादेशबाट आउने युवा मारुफ मोल्लाह क्वाङ तोङस्थित एक शैक्षिक संस्थानमा काम गर्दैछन्। विदेशीको हैसियतमा उनले “सम्पन्नता” बारे जानकारी लिएका छन् त? उनका आँखामा चीनको सम्पन्न जीवन कस्तो छ?

सन् २०११ मारुफ बंगलादेशबाट चीन आए। उनी क्वाङ तोङ प्रान्तीय चुङशान विश्वविद्यालयबाट स्नातक भएपछि चीन आउने विदेशी विद्यार्थीको शैक्षक परामर्श संस्थानमा रोजगारी पाए। दश वर्षमा १०० वटा मुलुकका करीब दश हजार विदेशी विद्यार्थीले उनको संस्थानमार्फत अध्ययनका चीन आउने मौका पाएका छन्। मारुफ भन्छन् “शुरुमा मेरो काम अप्ठ्यरो थियो। विदेशी विद्यार्थीहरूले चीनबारे जानकारी पाएका थिएनन्। उनीहरूको विचारमा चीनको शिक्षा राम्रो थिएन। हामीले चीनको राम्रो नीति उनीहरूलाई भनेपछि उनीहरूले चीनको नीतिबारे जानकारी लिन थाले। हाल विदेशी विद्यार्थीको उद्देश्य चीनका विश्वविद्यालयरहरूमा भर्ना हुने हो। अध्ययन गर्न चीन आउने मौका पाएकामा उनीहरू खुशी भएका छन्।”

चीनको प्रशस्त परम्परागत संस्कृतिले मारुफलाईजस्तै विदेशीलाई आकर्षित गर्ने गरेको छ। क्वाङ तोङमा बसोबास गर्ने मारुफले स्थानीय जीवन शैली अपनाएका छन्। विहान डिमसम खानु उनको जीवनमा आवश्यक भाग बनेको छ। उनी भन्छन् “म प्राय विहान डिमसम खान्छु। विहान डिमसम खाँदा मलाई आनन्द लाग्छ। म र मेरा साथीहरू विहान डिमसम खानुका साथै कुराकानी पनि गर्ने अवसर पाउँछौँ।”

चीनमा बसोबास गरेको दश वर्षमा मारुफले चीनको विकास परिवर्तनको साक्षी बनेका छन्। इन्टर्नेटबाट सामानको खरीद, द्रुत गतिको रेल, मोबाइल भुक्तानीआदि विकास उनको मनमा पहिलो छाप परेको छ। उनले चीनको सम्पन्न जीवनबारे गहिरो रुपमा जानकारी लिएका छन्। उनी भन्छन्

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn