खेलौना बन्दुकदेखि ओलम्पिक च्याम्पिएनसम्म फाङ वैको कथा-२
एक किलोमिटरको दूरी नकाटे तापनि फाङ वैको अनुहारमा पसिना आएको थियो। यस बेला अगाडि उकालो देखिएको थियो। फाङ वैले धेरै दु:ख मानेका थिए। प्रशिक्षक चाङले के गर्नखोजेका थिए फाङ वैले थाहा छैन, तर उहाँलाई सोध्न लाज मानेका थिए। उकालोमा चढ्दा फाङ वैलाई धेरै थकाई लाग्यो। अन्त्यमा उनले भने, प्रशिक्षक जी, तपाईँ धेरै गह्रुङ्गो हुनुहुन्छ।
प्रशिक्षक चाङले पछाडिबाट उत्तर दिए, तिमीले सधैँ उकालोमा हेरेको कारण थकाई लागेको हो। तिमीले मिहिनेतसँग माथि नहेरिकन चलायौ भने प्राकृतिक रुपमा उकालो काट्ने छौ।
फाङ वैसँग उपाय थिएन, बाध्य भएर साइकल चढेर नै उकालो कटाउँछन्।
खेलकुद विद्यालय पुगेपछि फाङ वैले अहिले साँचो बन्दुक चलाउनसक्छु भन्ने विचार गरेका थिए। तथापि प्रशिक्षक चाङले फाङ वैलाई एउटा कुनामा लगी चार वटा इँट उनको हातमा राखिदिन्छन्। प्रशिक्षक चाङले भूईंमा दुई वटा इँटलाई सिधा राखेर फाङ वैलाई त्यसमाथि उभिन आदेश दिन्छन्। फाङ वैले सिधा राखिएको इँटमा उभिएपछि शरीरको सन्तुलन गुमाउन पुग्छन्।
“तिम्रा पाखुरा सिधा हुनुपर्छ।”भन्दै प्रशिक्षक चाङले फाङ वैलाई पाखुरा सिधा गर्ने आदेश दिएर बाँकी दुईवटा इँट उनको हातमा राखिदिन्छन्। “ठीक छ, यस्तै गर्नुपर्छ। मेरो अनुमति नपाउञ्जेलसम्म तिमी यसरी नै बस्नु।”
फाङ वैलाई यसरी आदेश दिएपछि प्रशिक्षक चाङ अरु कामका लागि निस्केका थिए। सानो फाङ वैले कहिल्यै यस्तो दु:ख भोगेका थिएनन्, दश मिनेटपछि उनका दुईटा खुट्टा हल्लेका थिए भने दुईटा पाखुरा पनि धेरै दु:खेको थियो।