#अल्पसंख्यक जाति# सगारमाथाको आरोहण कथा-1
“लिउ, तिमीसँग अरू केही उपाय छ कि?”
“मानिसलाई टेकेर सिँढी बनाऔं।”
“कसरी बनाउने?”
“मसँग अनुभव छ। पहिले आगो निभाउने बेलामा भवन वा पर्खालमाथि चढ्न यसरी उपाय निकालेका थियौं। म तलबाट तिमीहलाई माथि धकेल्छु। त्यसपछि तिमीहरूले मलाई तान्नेछौ।”
“हुँदैन। हाम्रा जुत्तामुनि काँडा छ। तिम्रो काँधमा उभिने हो भने घाइते पार्न सक्छौँ।” प्रमुख वाङ फूचौले अस्वीकार गरे।
“वाङ, हाल कति आपतकालीन अवस्था छ र? यस्तै विचार गर्नुपर्छ कि? शिखर पनि चढ्नुपर्छ।” लिउ ल्यानमानले उत्साहित हुँदै भन्थे।
“त्यसै गरी.., हुन्छ।” वाङ फू चौले संकल्प गरे। उनले मोडिएर छ्यु यिनह्वाले भन्थे-
“तिमी दुई हातद्वारा बञ्चरोको प्रयोग गर्नसक्छौ। सर्वप्रथम तिमी जाउ, चट्टानमा केही किला ठोक।”
प्रमुखको आदेश सुनेर छ्यु यिनह्वाले निहुरिएर आफ्नो जुत्ता खोले।
“छ्यु, तिमी के गर्दैछौ?”
“जुत्ता लगाएर तिम्रो शरीरमा उभिनुहुँदैन।”
“तिम्रो खुट्टामा लेक लाग्छ।”
“चिच्याउँनुपर्दैन।” भन्दै छ्यु यिनह्वा भारी पर्वतारोहण जुत्ता र मोजा खोलेर लीउ ल्यानमानको काँधमा चढेका थिए।
मानवद्वारा सिँढी बनाउने उपाय सपल छ कि? आगामी साताको यसै कार्यक्रममा म निरन्तर जानकारी दिन्छु।