#अल्पसंख्यक जाति# सगारमाथाको आरोहण कथा-1
आजको कथा विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी मोहडामा “दोस्रो चरण” भनिएको ठाउँबाट सुरू हुन्छ। तत्कालीन सन् १९६० मे २४ तारिख दिउँसो चार बजेतिरको समय थियो। चिनियाँ पर्वतारोहण टोलीका चार सदस्य वाङ फुचौ, कुङबु, छ्यु यिनह्वा र लिउ ल्यानमान एउटा ठाडो चट्टानमुनि धेरै घण्टाको अवरोधमा फसेका थिए। ७ डिग्री हावामा चार जनाले चट्टानमुनि ज्यादै सानो ढलानमा जम्मा भएर दिन काटेका थिए।
त्यसअघिका चार घण्टामा उनीहरूले धेरैपटक उक्त चट्टान पार गर्न प्रयास गरे। तर उनीहरूको सबै प्रयास असफल भयो। उक्त चट्टान लगभग पाँच मिटर अग्लो छ। त्यसमा कुनै समात्ने ठाउँ छैन। यद्यपि समथरभूमिमा पनि आरोहण गर्न गाह्रो छ। ८६०० मिटरको पठारभूमिमा हरेक पाइला चालेर धेरैपटक गहिरो श्वास-प्रश्वास गर्नुपर्यो। भारी जाडो प्रतिरोधी कपडा र उपकरण जोडेर उक्त चट्टानमा आरोहण गर्न आकाश पुग्नुजस्तै गाह्रो थियो।
“कमरेड, छिटै अँध्यारो हुँदैछ। २५ तारिख अथवा भोलि मौसमको परिवर्तन हुने पूर्वानुमान छ। आज हामी सगरमाथाको आरोहण गर्ने अन्तिम मौका हो। के छ? तिमीहरू के भन्छौ।” टोलीका प्रमुख वाङ फूचौले गहिरो श्वास-प्रश्वास गर्दै प्रश्न सोधे।
“आज यता पुगेर फर्कने योजना बनाएनन्।” पर्वतारोहण टोलीमा भाग लिनुअघि सदस्य छ्यु यिनह्वा काठ काट्ने कामदार थिए।
अर्का सदस्य कुङबु तिब्बती शिगाचेबाट आएका थिए। त्यसअघि उनी जन मुक्ति सेनाका एकजना सैनिक थिए। “माथि जाने वा तल फर्कने जे पनि मृत्यु हुनेछ। त्यसैले यदि म मृत्यु नै रोज्नुपरेमा शिखरतर्फ अघि बढ्न चाहन्छु।”
“हाल सबैभन्दा महत्वपूर्ण यो बाधा पार गर्नु हो। हामीले उपायमा सुधार गर्नुपर्छ।” लिउ ल्यानमान फायरमेन थिए। अरू तीनजनाभन्दा उनले अझ छिटै पर्वतारोहणको तालिम लिएका थिए। त्यसैले उनी बाटो खोज्ने जिम्मेवारी वहन गर्दथे।