भलिबल खेलाडी चु थिङको कथा-२
किन?
धेरै थकाइ लाग्छ र मेरो जीउ धेरै दुखेको छ।
छोरीको कुरा सुनेपछि चु आन ल्याङ एकै छिन मौन भए। अन्त्यमा उनले भने, छोरी तिमीले खेलाडी बन्ने निर्णय गरेपछि थकाई र दु:खको बावजुद तालिम लिनुपर्छ।
चु थिङको शिक्षा शुल्क संकलन गर्नका लागि चु आन ल्याङले आफ्नो घरको छेउमा कृषि मेसिन मर्मत गर्ने पसल खोलेका थिए। एक दिन कृषि मेसिन मर्मत गर्दा सो मेशिन ढलेर उनको कम्मरमा चोट लागेको थियो। उनी गम्भिर रूपमा घाइते भएको थियो। उनकी श्रीमती याङ श्वे लानले आफन्त र साथीहरुसँग एक लाख युआन भन्दा बढी पैसा सापटी लिएर चु आन ल्याङलाई चङ चौमा लगेर शल्यक्रिया गरेकी थिइन्। याङ श्वे लानले यो खबर चु थिङलाई केही पटक दिन चाहेकी थिइन्, तर चु आन ल्याङले अस्वीकार गरेका थिए।
शल्यक्रियापछि चु आन ल्याङ घर फर्केर आराम गरे। एक दिन चु थिङ आफ्नो घर फर्किँदा खाटमा बसेका बुवा देख्दा चु थिङलाई अचम्म लागेको थियो।
याङ श्वे लानले चु थिङलाई किन घर फर्केकी सोधिन्। चु थिङले खेलकुद विद्यालयमा तालिम निकै कष्टदायक रहेको र आफूले सहन गर्न नसक्ने जवाफ दिइन्। याङ श्वे लानले रुँदै भनिन्, छोरी तिमी हाम्रो घरको आशा हौ। तिम्रा बुवाले हरेक दिन कति मेहनत गरेको छ, तिमीलाई थाहा छ? यस बेलामा तिमी पछि हट्नुहुँदैन।
चु थिङ बुवाको खाटको छेउमा बसेर रोइन्। रोएपछि उनले आफ्नो बुवालाई वचन दिँदै भनिन्, बुवा, प्रान्तीय टोलीकी खेलाडी नभएमा म हाम्रो परिवारबाट अलग हुने छु।