भलिबल खेलाडी चु थिङको कथा-२
त्यसपछि चु थिङले चौ खौ शहरको खेलकुद विद्यालयमा बसेर हरेक दिन जोडतोडसँग भलिबल तालिम लिएकी थिइन। असल शारीरिक गुणस्तरका साथै उनले मिहिनेतसँग तालिम लिएकी कारण उनले चाँडै नै धेरै राम्रो प्रगति गर्छिन्। चु आन ल्याङले छोरी यस्तो राम्री भएको देखेर बाहिर काम गर्ने कुरा बिर्सन्छन्।
एक वर्षपछि, ग्रीष्म ऋतुमा चु आन ल्याङलाई ह नान प्रान्तको खेलकुद विद्यालयको फोन आउँछ। किनभने श्या लु हाईले चु थिङको उज्यालो भविष्यका लागि ह नान प्रान्तको खेलकुद विद्यालयमा चु थिङलाई सिफारिश गरेका थिए। प्रान्तीय खेलकुद विद्यालयले चु थिङ एक राम्री खेलाडी हुनसक्ने ठानेर चु थिङलाई भर्ना गरेको थियो।
प्रान्तीय खेलकुद विद्यालयका शिक्षकले चु आन ल्याङलाई हरेक वर्षको शिक्षा शुल्क तीस हजार युआन लाग्ने बताए। उनले सुनेपछि गाह्रो लागे तापनि अस्वीकार गरेनन्। उनले शिक्षकलाई “यो शुल्क एकै पटक तिर्नुपर्छ की” सोधे। “पर्दैन” भन्ने उत्तर पाएपछि उनको दु:ख घटेको थियो।
सोही दिन बेलुका ग्रीष्मकालीन छुट्टी लिएकी चु थिडले यो खबर पाएपछि उनका बुवालाई खेलकुद विद्यालय नजाने बताएकी थिइन्। तर चु आन ल्याङले भने “छोरी, पहिले म मुर्ख थिएँ। शिक्षक चाङ र श्या चिनेपछि मैले एउटा सिद्धान्त बुझेको छु। प्रान्तीय टोलीकी खेलाडी भएपछि शहरबासी बन्ने छौँ, आफ्नो भविष्यका लागि कोसिस गर्नुपर्छ।”
ग्रीष्मकालीन छुट्टीपछि चु थिङ चङ चौ शहर गएर ह नान प्रान्तीय खेलकुद विद्यालयमा भलिबल सिक्न थालिन्। भलिबल प्रशिक्षक लिउ हुङले चु थिङ एकदम चलाख पाइन। एक पटकमै उनले सिक्थिइन्। त्यसैले लिउ हुङले चु थिङलाई अरु कडाईका साथ तालिम दिएका थिए। चु थिङले हरेक दिन हजारौं पटक उफ्रिने, भलिबल हान्ने गरेकी थिइन्।
एक रात चु आन ल्याङ दिनको काम सकेपछि घर फर्केका थिए। घरमा टेलिफोन आयो। चु थिङले रुँदै उनलाई भने, बुवा मैले तालिम नगर्ने विचार गरेँ।