भलिबल खेलाडी चु थिङको कथा-१
दाजु, तपाईँ कसलाई भेट्न खोज्नुभएको हो?
चु थिङ। म उनका बुवा हुँ।
तपाईँ चु थिङका बुवा हुनुहुन्छ? म चु थिङका शिक्षक चाङ सिन यी हुँ।
शिक्षक चाङले चुसँग कार्यालयमा विस्तृत रुपमा कुरा गर्छन्। त्यसपछि चुलाई भन्छन्,
चु थिङले हाई स्कूलको पढाई सिध्याउनुपर्छ। बाहिर काम गर्नका लागि पनि डिग्री हुनुपर्छ। चीनमा नौ वर्षसम्मको अनिवार्य शिक्षा तोकिएको छ। अनिवार्य शिक्षा के हो? तपाईँले बच्चाको माध्यामिक स्कूलको पढाई सिध्याउने जिम्मा वहन गर्नुपर्छ। यो राष्ट्रिय नियम हो। पढ्नका लागि अब दुई वर्ष बाँकी छ। दाजु, यस्तो गर्नु हुन्छ?
समय बित्दै थियो। दुई वर्षपछि चु थिङको पढाई सकिनै लागेको थियो। शिक्षक चाङले विद्यार्थीहरुलाई माध्यामिक स्कूलबाट स्नातक भएपछि “के गर्ने” सोधेका थिए। चु थिङलाई सोध्दा उनले जवाफ दिइन, गुरुजी, पहिले मैले उच्च विद्यालय पढ्न चाहेकी थिएँ, तर मेरा बुवाले मैले चाँडै नै काम थाल्नुपर्ने विचार गर्नुभयो, तपाईँको विचारमा म के गर्नसक्छु?
चु थिङ, तिमी दु:ख देखेर डराउँछौ?
म ग्रामिण क्षेत्रको मान्छे हुँ, म दु:ख देखेर डराउँदिन।
ठीक छ।
केही दिनपछि शिक्षक चाङ चु आन ल्याङ र चु थिङलाई लिएर चु ता लौ गाउँबाट तीस किलोमिटर टाढा रहेको चौ खौ शहरको खेलकुद विद्यालयमा जान्छन्। खेलकुद विद्यालयका उप-प्रमुख श्या लु हाईले धेरै अग्ली चु थिङलाई देखेर उफ्रिने र लङ जम्प लगायतको परीक्षण लिन्छन्। परीक्षणपछि श्या लु हाईले शिक्षक चाङलाई भन्छन्, तिमीले किन यति ढिलो गरी उसलाई यहाँ ल्याएको हो?
भलिबल सिकेका श्या लु हाईले चु थिङ एक जना उत्कृष्ट भलिबल खेलाडी बन्नसक्ने विचार लिन्छन्। तर त्यस बेलामा चौ खौ खेलकुद विद्यालयमा भलिबल खेल सिकाउने गरेको थिएन। श्या लु हाईले चु आन ल्याङलाई भनेका थिए, चु थिङ भलिबल खेल्न सहाउँदो केटी हो, सर्वप्रथम मकहाँ तालिम लिने छ, राम्रोसँग खेलेमा मैले हाम्रो प्रान्तको खेलकुद विद्यालयलाई सिफारिश गर्ने छु।