चीन र विभिन्न देशबीचको सहकार्यमा सांस्कृतिक सम्पदाको सुरक्षा
उहाँले चीन र नेपालकको सांस्कृतिक विकासमा आदानप्रदानको अर्थमाथि उच्च मूल्याङ्कन गर्नुभएको छ। उहाँको विचारमा युआन वंशमा नेपाली कलाकार अरनिकोले केही प्रसिद्ध मन्दिरको निर्माणमा भाग लिएका थिए। चिनियाँ सांस्कृतिक सम्पदासम्बन्धी कर्मचारीहरूले सयौँ वर्षको व्यवहारमा प्रशस्त अनुभव संकलन गरेका छन्। उनीहरूले यी अनुभवको प्रयोग गरी नेपाललाई सांस्कृतिक सम्पदाको मर्मतमा सहयोग गरेका छन्।
केन्याको नैरोबी राष्ट्रिय संग्रहालयका निर्देशक मजालेन्डो किबुन्जाले संग्रहालयका दक्ष व्यक्तिको तालिम क्षेत्रमा चीनको प्रशस्त अनुभव रहेको र चीनले केन्यालाई धेरै मद्दत दिएको बताउँदै नैरोबी राष्ट्रिय संग्रहालयका केही कर्मचारीले तालिम लिन चीन गएको उल्लेख गर्नुभयो। उहाँले केन्याका लागि चीनले धेरै अत्याधुनिक उपकरण उपलब्ध गराएको कुरा पनि बताउनुभयो।
कम्बोडियाको अन्कोर पुरातात्विक पार्कको संरक्षण तथा व्यवस्थापन संस्थानका प्रवक्ता लोङ कोसालले अन्कोर पुरातात्विक वस्तुको जीर्णोद्धारको सहायता चीनले विश्व सम्पदाको संरक्षण गर्नका लागि समर्थन दिएको नमूना हो भन्दै कम्बोडियाले चिनियाँ कार्य-टोलीको प्रविधि र धारणाप्रति विश्वास लिएको बताउनुभयो।
कम्बोडिया, नेपाल, केन्याआदि मुलुकहरूसँग सहकार्य बाहेक, विश्व सम्पदाको संरक्षण क्षेत्रमा चीनले निरन्तर रुपमा “बेल्ट एण्ड रोड” आबद्ध मुलुकहरूसँग सहकार्य गर्दै आएको छ। चीन सहभागी भएका पुरातत्वको सर्वेक्षण र जीर्णोद्धार परियोजनाहरू इजिप्ट, साउदी अरबिया, इरान, भारत, बंगलादेश, म्यान्मार, उज्बेकिस्तानआदि मुलुकहरूतर्फ फैलिएको छ।