चीन र विभिन्न देशबीचको सहकार्यमा सांस्कृतिक सम्पदाको सुरक्षा
४४ औँ युनेस्को विश्व सम्पदा सम्मेलन जुलाई १६ चीनको फुच्यान प्रान्तीय फूचौ शहरमा आयोजित भएको छ। जुलाई १६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ४४औं विश्व सम्पदा सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभयो। सो शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ कि विश्वव्यापी सांस्कृतिक तथा प्राकृतिक सम्पदा मानवजातिको सभ्यताको विकास र प्राकृतिक विकास क्रममा हासिल गरिएका महत्वपूर्ण उपलब्धिहरू हुन् र विभिन्न सभ्यताको आदानप्रदानको महत्वपूर्ण माध्यम पनि हुन्। ती मूल्यवान सम्पदाको राम्रोसँग संरक्षण गर्ने, बिँडो थाम्ने र प्रयोग गर्ने भन्ने काम नै हाम्रो साझा जिम्मेवारी हो र मानवजातिको सभ्यताको निरन्तरता र विश्वको दिगो विकासको आवश्यक माग पनि हो। विकासको नयाँ विचारलाई व्यवहारमा उतार्दै चीनले विश्वका विभिन्न मुलुक तथा युनेस्कोसँगैसँगै मिलेर सभ्यता बीचको वार्तालाप तथा आदानप्रदानको प्रवर्द्धन गर्ने इच्छा लिएको कुरा पनि राष्ट्राध्यक्ष सीले पुष्टि गर्नुभएको छ।
सन् १९८५ मा "विश्व सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण सन्धि" मा भाग लिएदेखि चीनमा ५५ वटा विश्व सम्पदाहरु छन् र विश्व सम्पदाको श्रेणी सबैभन्दा पूर्ण भएका देशहरुमध्ये चीन एक हो।
केही वर्षयता चीनले विश्व सम्पदाको संरक्षणमा सक्रिय अन्तर्राष्ट्रिय सहकार्य गर्दै आएको छ। चीन चारपटक विश्व सम्पदा समितिको सदस्य भएको छ। युनिस्कोको अफ्रिका पहिलो रणनीतिको कार्यान्वयनलाई समर्थन गर्दै सम्पदाको सुरक्षा कार्यमा अफ्रिकालाई सहयोग गरेको छ। साथै कम्बोडिया, केन्या, नेपाललगायत देशको सम्पदा संरक्षण तथा मर्मतमा पनि सक्दो प्रयास गरेको छ।
नेपालको भयंकर भूकम्पबाट दरबार स्क्वायरस्थित करिब चार सय वर्षको इतिहास भएको नौ तल्ले भवन ध्वस्त भयो। सन् २०१७ मा चीन सरकारले त्यसको मर्मत गर्न निशुल्क सहयोग सुरू गरेको छ। सहयोग परियोजना कार्यान्वयन गर्ने चिनियाँ सांस्कृतिक सम्पदा अनुसन्धान विद्यालयका उपनिर्देशक स्यु यानका अनुसार, निर्धारित योजनामा सन् २०२२ नोभेम्बरमा यो परियोजना पूरा हुनेछ। हाल भवनको आधारभूत मर्मत विभाग पूरा यो। तर महामारीको प्रभावमा केही कार्य बाँकी छ। महामारी समाप्त भएपछि परियोजनाले निरन्तरता पाउनेछ।