चौथो चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना हुन १०० दिन बाँकी
जुलाई २७ तारिख चौथो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना हुन १०० दिन बाँकी रहेको दिन हो। हालसम्म हस्ताक्षर भएको प्रदर्शनीको क्षेत्रफल नै निश्चित लक्ष्य भएको ३.६ लाख वर्ग मिटर पुगेको छ भने निश्चित सहभागी हुने विश्वका शीर्ष ५०० व्यवसायले गत एक्स्पोलाई नाघेको छ।
चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो ब्यूरोका उप-प्रमुख सुन छङहाइले जुलाई २६ तारिख जानकारी दिनुभएअनुसार, चौथो चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो प्रदर्शनीको विषय नवीन भएको छ भने कम कार्बन तथा वातावरण संरक्षण प्रविधि, बायोमेडिसिन, स्मार्ट यात्रा, हरित स्मार्ट घरेलु उपकरण समेत प्रदर्शन क्षेत्र राखिएका छन्। साथै उपकरण, चिकित्सा, गाडी प्रदर्शनी क्षेत्रमा नवीन सिर्जना विकास परीक्षण क्षेत्र पनि राखेर विदेशी श्रेष्ठ नवीन सिर्जना स्रोत र चिनियाँ बजार चाहनालाई मिलाउने फ्लेटफर्म प्रदान गर्नेछ।
हाल चौथो चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोमा व्यवसायले भाग लिने प्रदर्शनी क्षेत्रफल ३ लाख ६० हजार वर्गमिटरको पूर्वानुमान लक्ष्यलाई पूरा गरेको छ। चौथो एक्स्पोमा भाग लिने विश्व शीर्ष ५०० तथा उद्योगमा अग्रणी कम्पनीहरूको संख्या गत एक्स्पोभन्दा बढी छ। प्रारम्भिक अनुमानका अनुसार ठूलो परिमाण नयाँ उत्पादित बस्तु,नयाँ प्रविधि,नयाँ सेवाले यस एक्स्पोमा विश्वव्यापी रुपमा पहिलो रुपमा खुला हुनेछ। यसप्रति चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो ब्यूरोका उप-प्रमुख सुन छङहाइका अनुसार ग्लोबल दश ठूला कार व्यवसाय सबै यस एक्स्पोमा सहभागी हुनेछन्। विश्वका दश ठूला प्रसाधनिक ब्रान्डहरुले यस एक्स्पोमा भाग लिनेछन्। विश्वका सबभन्दा ठूला तीन कुरियर कम्पनीले पनि यस एक्स्पोमा भाग लिनेछन्। साथै विश्वका सबैभन्दा ठूला पाँच अनाज व्यापारीहरु यस एक्स्पोमा पहिलो पटक भेला हुनेछन्। जसबाट चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोको प्रभावित शक्ति र आकर्षण शक्ति प्रतिबिम्बित भएको छ।