चीनको १७औँ समुद्री नेभिगेसन दिवस
समुद्री ढुवानी उद्योग आन्तरिक र विदेशी आर्थिक चक्रका लागि सेवा गर्ने र अर्थतन्त्रको भूमण्डलीकरणलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण पूल हो। वर्तमान ऐतिहासिक ठूलो परिवर्तन र नयाँ कोरोना भाइरसबाट समुद्री ढुवानीलाई ल्याइएको कठिनाई तथा चुनौतिका सामु चीनले अन्तर्राष्ट्रिय रसद आपूर्ति श्रृँखलाको सुरक्षा तथा स्थिरतालाई प्रत्याभूति गर्न निरन्तर प्रयास गर्दै जाने छ। यसप्रति उप-यातायात ढुवानी मन्त्री चाउका अनुसार बन्दरगाह र समुद्री व्यापारलाई केन्द्रको रुपमा लिँदै अन्तर्राष्ट्रियय रसद आपूर्ति श्रृँखलाको सेवायुक्त क्षमतालाई उकास्ने छ। अन्तर्राष्ट्रिय रसद आपूर्तिको सुरक्षा तथा सुविधाको संरक्षण गर्नका लागि खुला,संयुक्त उपभोग्य,विश्वव्यापी ढाकिने,सुरक्षित तथा भरपर्दो,कडा प्रत्याभूतिसहित आधुनिक अन्तर्राष्ट्रिय रसद आपूर्ति श्रृँखलाको निर्माण गर्ने छ। साथै चीनले २१ औँ शताब्दी समुद्री रेशमी मार्ग तटवर्ती मुलुक तथा क्षेत्रसँग समुद्री ढुवानी पूर्वाधारको निर्माणलाई प्रवर्द्धन गर्दै जाने छ।
पोस्ट-महामारी युगमा जलवायुको परिवर्तनको सामना मुख्य विषय मात्र नभई ग्लोबल समुद्री ढुवानी उद्योगमा दिगो विकास साकार तुल्याइने आवश्यकता बनेको छ। अन्तर्राष्ट्रिय समुद्री मामिला संगठनका महासचिव लिन चि चले सम्बन्धित् विभिन्न पक्षबीच सहयोगलाई बढाउन आव्हान गर्नुभएको छ। उहाँले जोड दिनुभएअनुसार अन्तर्राष्ट्रिय समुद्री मामिला संगठनले निरन्तर रुपमा खास कदम निर्धारण गर्दै समुद्री ढुवानी उद्योगलाई “कार्बन न्यूनिकरण” बाटोमा ल्याउन प्रवर्द्धन गर्दै जाने छ।