नेपाली

चीनको १७‌औँ समुद्री नेभिगेसन दिवस

criPublished: 2021-07-15 08:38:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यसै जुलाई ११ तारिख चीनको १७‌औँ समुद्री नेभिगेसन दिवस हो। यस वर्षको दिवसको मुख्य विषय “समुद्री नेभिगेसनको क्षेत्रमा नयाँ यात्रा गर्दै समुद्री ढुवानीमा नयाँ भविष्यको संयुक्त सिर्जना गर्नु”भन्ने हो। महामारीको प्रभावमा परी सन् २०२१ चीन समुद्री नेभिगेसन दिवस सम्बन्धी मुख्य मञ्च अनलाइनमार्फत युन नान प्रान्तको खुन मिङमा आयोजना भएको छ। चीनका उप यातायात ढुवानी मन्त्री चाउ छुङ च्युले यस मञ्चलाई सम्बोधन गर्नुभएअनुसार चीनले निरन्तर रुपमा कठिनाई पार गर्दै अन्तर्राष्ट्रिय रसद आपूर्ति श्रृंखलाको स्थिरता तथा सुविधालाई प्रत्याभूति गर्दै जाने छ। विदेशका लागि खुला सहयोगको मुख्य शक्तिको रुपमा चीनले अन्तर्राष्ट्रिय समुद्री ढुवानी स्रोतको संलग्नता र विभाजन क्षमतालाई मजबुत बनाउँदै समुद्री ढुवानी उद्योगले आधुनिक बलियो समाजवादी मुलुकको निर्माणलाई प्रवर्द्धन गर्नका लागि योगदान सिर्जना गर्दै जाने छ।

नयाँ चीन स्थापना भएयता चीनको समुद्री ढुवानी उद्योगले “सिमितता”बाट “प्रारम्भिक गतिशिलता”सम्म, “आधारभूत अनुकूलन”बाट “केही क्षेत्रमा अगाडि बढ्नु”सम्म प्रगति गरेको छ। विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टीको १८‌औं महाधिवेशनदेखि यता चीनको समुद्री ढुवानी उद्योगको विकासमा उल्लेखनीय उपलब्धि पाइएको छ भने विश्वमा महत्वपूर्ण प्रभावित शक्ति बोकेको समुद्री ढुवानी ठूलो मुलुक बनेको छ। उप-यातायात ढुवानी मन्त्री चाउका अनुसार चीनको बन्दरगाह परिमाण विश्वको पहिलो स्थानमा रहेको छ। सन् २०२० मा ग्लोबल बन्दरगाह मालसामानका शीर्ष १० थ्रोपुट र कन्टेनर थ्रोपुट नामसूचिमा चीनको बन्दरगाहले बेग्लाबेग्लै रुपमा ८औं र ७औं स्थान ओगटेको छ। चीनसँग विश्वको दोस्रो ठूलो परिमाणको समुद्री ढुवानी जहाज टोली रहेको छ। चिनियाँ बन्दरगाहले विश्वका १०० भन्दा बढी मुलुक तथा क्षेत्रका मुख्य बन्दगाहसँग समुद्री लाइन सम्पर्क राखेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn