छ्यूँ हाईको राम्रो पहाड, राम्रो ताल र राम्रो जीवन
छ्यूँ हाई स छ्वान प्रान्तको दोस्रो ठूलो प्राकृतिक ताजा पानीको ताल हो र स छ्वान प्रान्तीय सी छाङ शहरको “मातृ ताल” पनि मानिन्छ। हाल तालअगाडि सिगलहरू उडिरहन्छन्। त्यहाँ घुम्न जाने पर्यटकहरू धेरै छन्। तर आधा शताब्दीअघि मानवीय कारवाहीबाट छ्यूँ हाईको जल क्षेत्रमा असर परेको थियो। तालको दुई किनारमा पर्ने वनस्पति ध्वस्त गरिएको थियो। सबैभन्दा गम्भीर बेलामा जल क्षेत्रको क्षेत्रफल २ लाख ७० हजार वर्ग किलोमिटर पुगेको थियो। तालको पानीको गुणस्तर दोस्रो कोटीबाट घटेर तेस्रो कोटी पुगेको थियो।
जीवन अवस्था सुध्रिएको साथसाथै “सिमसार संरक्षण आत्मा हो” भन्ने धारणा मानिसद्वारा ध्यान दिइएको छ। स्थानीय सरकारले पर्यावरणीय संरक्षणमा लगानी बढाएका छन्। सन् २००९ मा स्थानीय सरकारले स्थानीय सरकारले छ्यूँ हाई सिमसारको संरक्षण र जीर्णोद्धार परियोजना कार्यान्वयन गरेको छ। वरिपरीका वासिन्दाले नयाँ आबास सार्नु एक महत्वपूर्ण परियोजना हो। छ्यूँ हाईमा गाइडको काम गर्ने युवती काउ यान नयाँ आबास सारेका वासिन्दाहरूमध्येको एक हुन्। घर सार्नुअघि छ्यूँ हाई तालको छेउमा काय यान परिवारको एक माछा पोखरी थियो। उनको परिवारले खेतीपाती गरेका र माछा पालेको थियो। उनको परिवारको जीवन कठिन भयो र आम्दानी पनि स्थिर थिएन। उनी भन्छिन् “घर सार्नुअघि मेरी आमा किसान हुनुहुन्थ्यो। साथै प्रतिदिन उहाँले साग बिक्री गर्न साग पसल जानुहुन्थ्यो। मेरो बुबाले काठ काम गर्नुहुन्थ्यो।”
सन् २०१० मा काउ यान परिवार अवस्थित गाउँ सारियो। पहिले माछा पालनमा निर्भर भएका वासिन्दाहरू सिमसार निर्मित भएपछि सिमसारको संरक्षण गर्ने सदस्यहरू बनेका छन्। जस्तै भनौँ काउ यानका दाजु दृश्य क्षेत्रका सुरक्षाकर्मी बनेका छन्। उनकी आमा दृश्य क्षेत्रको पार्किङमा शुल्क संकलन गर्ने मजदूर बन्नुभएको छ। यसबाहेक, सफाई मजदूर, सुरक्षाकर्मी, गाइडआदि पेशाहरू पनि स्थानीय वासिन्दाहरूबाट छनौट गरिएको हो। जन्मथलोको वातावरण सम्झेका कारण सन् २०१२ मा विश्वविद्यालयबाट स्नातक भएपछि काउ यान जन्मथलो फर्किइन्। उनी छ्यूँ हाई सिमसार दृश्य क्षेत्रका गाइड बनिन्। उनी भन्छिन् “सानो उमेरमा मैले साझेदारहरूसँग तालमा माछा खोजेको थिएँ। त्यसैले मैले छ्यूँ हाईमा बस्न मन पराउँछु। यहाँ वातावरण राम्रो छ।”