नेपाली

अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघद्वारा चिनियाँ सङ्ग्रहालय क्षेत्रसँगको दीर्घकालीन अवधिसम्मको सफल सहयोगको उच्च मूल्याङ्कन

criPublished: 2021-06-28 08:58:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघीय तालिम केन्द्र अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघ र निषिद्ध दरबार बीचको उत्कृष्ट सहयोगात्मक परियोजना हो, जसले तालिम परियोजनामार्फत सङ्ग्रहालय बीचको आदान-प्रदानलाई अघि बढाएर एसिया प्रशान्त क्षेत्र र नवोदित मुलुकहरुका पूरातात्विक वस्तु र सङ्ग्रहालय सम्बन्धी योग्य व्यक्तिहरुलाई तालिम दिन्छ। सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघले शाङहाई विश्वविद्यालयसँग अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघीय अध्ययन र आदान-प्रदान केन्द्रको स्थापना विषयमा एउटा प्रारुप सन्धिमा हस्ताक्षर गरेको थियो, यस केन्द्र विश्वको एउटा बौद्धिक समूह बन्दै छ र यसले अन्तर्राष्ट्रिय सङ्ग्रहालय क्षेत्रमा देखा परेका विचार र व्यवहार सम्बन्धी महत्वपूर्ण समस्याहरुको समाधान गरिरहेको छ।

विगत केही वर्षदेखि चीनको सङ्ग्रहालय क्षेत्रमा फड्को मार्ने उपलब्धि हासिल भएको छ। चीन राष्ट्रिय पूरातात्विक वस्तु व्यूरोका प्रमुख ली छ्युनका अनुसार, तेह्रौं पञ्च वर्षीय योजनादेखि चीनमा औसत रुपमा हरेक दुई दिनमा एउटा नयाँ सङ्ग्रहालय थपिएको छ। सन् २०२० को अन्त्यसम्म चीनमा कूल ५ हजार ७ सय ८८ सङ्ग्रहालयहरू सञ्चालित छन्। हाल, चीनमा आधुनिक प्रणालीको स्थापना गरी विविध किसिमको सङ्ग्रहालय सञ्चालन भइरहेका छन्। कोरोना महामारी सामू चीनका सङ्ग्रहालयहरुले “क्लाउडबाट प्रदर्शनी” र डिजिटल लगायत नयाँ तरिकामार्फत सङ्ग्रहालय र सर्वसाधारण बीचको दूरी घटाएका छन्।

सन् २०२० मा विश्वका सङ्ग्रहालयहरुलाई महामारीबाट व्यापक रुपमा प्रभावित गरिएको पृष्ठभूमिमा चीनका सङ्ग्रहालयहरुले २९ हजार भन्दा बढी प्रदर्शनीको आयोजना गरी ५४ करोड दर्शकहरुको स्वागत सत्कार गरेको थियो। यसका साथै क्लाउडबाट प्रदर्शनी र क्लाउडबाट प्रत्यक्ष प्रसारण लगायत तरिकामार्फत करोडौं दर्शकहरुले घरमा बसेर अनलाइनमा सङ्ग्रहालयको रोचक प्रदर्शनीको अवलोकन गर्न पाएका छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn