नेपाली

अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघद्वारा चिनियाँ सङ्ग्रहालय क्षेत्रसँगको दीर्घकालीन अवधिसम्मको सफल सहयोगको उच्च मूल्याङ्कन

criPublished: 2021-06-28 08:58:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे १८ तारिख अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस हो। यस अवसरमा चीनमा आयोजित कार्यक्रमलाई अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघका अध्यक्ष एलबर्टो गार्लान्दिनीले भिडियोमार्फत बधाई व्यक्त गर्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघ र चिनियाँ सङ्ग्रहालय क्षेत्र बीचको दीर्घकालीन अवधिसम्मको सफल सहयोगको उच्च मूल्याङ्कन गर्नुका साथै विश्वका सङ्ग्रहालयहरुले सँगै मिलेर कोरोना महामारीबाट ल्याइएको प्रभावको सामना गर्न आह्वान पनि गर्नुभएको छ।

चालू वर्षको अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको मुख्य विषय “सङ्ग्रहालयको भविष्य: पुन:स्थापना” रहेको छ। अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघका अध्यक्ष एलबर्टो गार्लान्दिनीले चीनमा आयोजना गरिएको एक कार्यक्रमलाई भिडियोमार्फत बधाई दिँदै कोरोना महामारीको प्रभावको सामू विश्वका सङ्ग्रहालयहरुले हातमा हात मिलाएर विभिन्न मुलुकका जनता र विभिन्न संस्कृतिबीच पूल बनेर संस्कृतिको विविधताको विकासलाई अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ।

सङ्ग्रहालय विभिन्न मुलुकका जनता र विभिन्न संस्कृति बीचको पूल हो। कोरोना महामारी अहिले विश्वका धेरै मुलुकमा फैलिँदै छ, विश्वका सङ्ग्रहालयहरुले आधुनिक कालमा सबैभन्दा गम्भिर संकटको अनुभव गरिरहेका छन्। हामीले आविष्कार भावनालाई निरन्तरता दिनुका साथै डिजिटल र प्रदर्शनीका नयाँ नयाँ परीक्षण र सुधार गर्नुपर्छ। अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघले विश्वका सङ्ग्रहालयहरुलाई यस्तो परिवर्तनलाई आह्वान गरेको छ।

अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघका अध्यक्ष एलबर्टो गार्लान्दिनीले अन्तर्राष्ट्रिय सङ्ग्रहालय संघले चीनको सङ्ग्रहालय क्षेत्रसँग विगत केही वर्षदेखि प्रभावकारी सहयोग गरी विश्वका सङ्ग्रहालय बीचको सांस्कृतिक आदान-प्रदानका लागि नमूना बनाएको पनि जानकारी दिनुभएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn