नेपाली

#अल्पसंख्यक जाति# म्याउ कढ़ाई गैरभौतिक सांस्कृतिक सम्पदाको उतराधिकारी वु स्यौयिङको कथा

criPublished: 2021-06-01 15:29:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वु स्यौयिङ चिनियाँ क्वी चौ प्रान्तीय छ्यानतुङनान प्रिफेक्चर स्तरीय म्याउ कढ़ाई गैरभौतिक सांस्कृतिक सम्पदाको उतराधिकारी हुनुहुन्छ। उहाँले म्याउ कढ़ाई प्रविधिको प्रचारण तथा उतराधिकार बन्ने प्रयास गर्दैआउनुभएको छ। सरकारी गरिबी निवारण नीतिको आधारमा उहाँले म्याउ कढ़ाई सहकारीको स्थापना गरेर स्थानीय महिलालाई गरिबी उन्मुलन गर्न सहयोग गर्नुभएको छ। आजको अल्पसंख्यक जातीय कार्यक्रममा वु स्यौयिङको कथा सुनाउँछु।

वु स्यौयिङको जन्मथलो खाइलि शहरीय वान श्वी गाउँमा अधिकांश बासिन्दा म्याउ जातीय हुन्। म्याउ जातिको कपडा संस्कृतिसँग जातीय इतिहास भएका हुनाले पहिरन इतिहास मानिएको छ। वु स्यौयिङले बाल्यकालदेखि म्याउ कढाईका विविध प्रविधि सिक्नुभयो। क्षेत्रीय तथा राष्ट्रिय शिल्प प्रतियोगिता र प्रदर्शनीमा उहाँको उत्पादनहरू धेरै पुरस्कार पाएका छन्। सन् २०१५ उहाँ छ्यानतुङनान प्रिफेक्चर स्तरीय म्याउ कढ़ाई गैरभौतिक सांस्कृतिक सम्पदाको उतराधिकारी नियुक्त हुनुभयो।

बाहिर काम गर्नजाने युवाहरू बढिरहेको अवस्थामा म्याउ कढ़ाईको प्रविधि हराउने खतरा देखेपछि गत शताब्दीको ८०औँ दशकदेखि वु स्यौयिङले गाउँमा निशुल्क म्याउ कढाई पाठ्यक्रम सुरू गरेर वरिपरि गाउँहरूका महिलाहका लागि तालिम दिनुका साथै स्थानीय सरकारद्वारा आयोजित म्याउ कढाईको उतराधिकार कार्यक्रममा भाग लिनुभयो। तर म्याउ कढाई प्रविधिले मानिसलाई आर्थिक आम्दानी दिन नसकेकाले राम्ररी उतराधिकार गर्न गाह्रो थियो।

म्याउ जातीय युवती विवाह गर्दा महिला पौढ व्यक्तिका हातेबाट कढ़ाई गरिएको लुगा र सदर चाँदी गहना लगाउनुपर्छ। त्यसैले हरेक म्याउ जातीय महिला कढ़ाई प्रविधि सिक्नुपर्छ। त्यसै गरी म्याउ कढ़ाई उत्पादनलाई पहाडी क्षेत्रबाट विश्वसम्म फैलाउनका लागि सन् २०१५ देखि खाइली शहरले म्याउ कढ़ाईको गरिबी उन्मुलन योजना बनाएर विविध प्रदर्शनी र प्रचार कार्यक्रमबाट बजार खुलेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn