उच्च प्रविधिबाट वु ख सुङ खेलकुद केन्द्रमा बास्केटबल र आइस हकी मैदान छोटो समयमा परिवर्तन #हिउँदेओलम्पिक
पैचिङको एउटा माध्यमिक विद्यालयका विद्यार्थी क्वान सु लुन पैचिङ युवा आइस हकी टोलीका एक जना सदस्यको रुपमा परीक्षण कार्यक्रममा भाग लिनु भएको छ। उहाँ यहाँ सर्वोच्च स्तर रहेको बरफ रहेको बताउँदै आफ्नो लक्ष्य राष्ट्रिय आइस हकी टोलीमा प्रवेश गर्ने विचार व्यक्त गर्नुहुन्छ।
यहाँको बरफमा खेल्दा मलाई निकै आनन्द लागेको छ। पहिले यस्तो ठूलो रंगशालामा प्रतियोगितामा भाग लिएको थिएन। पैचिङले हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार प्राप्त गरेपछि आइस हकी खेल्ने किशोर-किशोरी बढ्दै आएकोमा मलाई धेरै खुसी लागेको छ। किनभने चीनको आइस हकीको विकास भविश्यमा राम्रो हुनेछ। मेरो लक्ष्य राष्ट्रिय आइस हकी टोलीमा प्रवेश गर्ने हो र त्यसका लागि मैले अथक प्रयास गरिरहेको छु।
परीक्षण प्रतियोगिताको अवधिमा रंगशालामा सेवा दिने कर्मचारीहरुको संख्या १ हजार पुगेको छ। “काखीमा टाँस्ने हेण्डीप्लास्ट” भन्ने उच्च प्रविधियुक्त उपकरण भएपछि रंगशालामा भएका कर्मचारीहरुको शारीरीक तापक्रमको अनुगमन गर्न पाइन्छ। वु ख सुङ खेलकुद केन्द्रको चिकित्सा सेवाकी उप-प्रमुख यीन चिन सु हेण्डीप्लास्टको आकार जस्तै यो थर्ममिटर अहिले विश्वमा सबैभन्दा सानो थर्ममिटर रहेको जानकारी दिँदै भन्नुहुन्छ,
महामारीको प्रतिरोध कार्य निकै महत्वपूर्ण काम हो। यस उपकरणको विशेषता धेरै सानो भएतापनि उचित रुपमा शारीरीक तापक्रम नाप्नु हो। मान्छेलाई ज्वरो आयो भने त्यसले स्वचालित रुपमा बज्ने छ।