नेपाली

उच्च प्रविधिबाट वु ख सुङ खेलकुद केन्द्रमा बास्केटबल र आइस हकी मैदान छोटो समयमा परिवर्तन #हिउँदेओलम्पिक

criPublished: 2021-05-23 22:14:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“पैचिङमा भेटौँला” शीर्षकमा हिउँदे ओलम्पिक खेलको परीक्षण कार्यक्रम हाल चलिरहेको छ। यस पटकको परीक्षण कार्यक्रमको अवधिमा पैचिङ २००८ ओलम्पिक खेलकुदको बास्केटबल प्रतियोगिताको आयोजक स्थल, चीनको बास्केटबलको “राष्ट्रिय आयोजक स्थल” मानिने वु ख सुङ खेलकुद केन्द्र ओलम्पिक खेलकुदको रंगशालाको रुपमा सर्वसाधारणका लागि फेरि खुला भएको छ। तथापि यस पटक वु ख सुङ खेलकुद केन्द्र बरफ खेलका लागि प्रतियोगिता स्थल बनेको छ। सन् २०२२ को पैचिङ हिउँदे ओलम्पिक खेलकुद र हिउँदे प्यारा ओलम्पिक खेलकुदको अवधिमा वु ख सुङ खेलकुद केन्द्रमा महिला आइस हकी प्रतियोगिता र केही पुरुष आइस हकी प्रतियोगिताको आयोजना गरिने छ।

सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुद र हिउँदे प्यारा ओलम्पिक खेलकुदको माग पूरा गर्न वु ख सुङ खेलकुद केन्द्रलाई आठ महिनासम्म मर्मत गरिएको छ। मर्मत गरिएपछि रंगशालामा दुई प्रकारका बरफ मैदान रहेका छन्। त्यो आइस हकी, शर्ट ट्रयाक स्पिड स्केटिङ र फिगर स्केटिङका लागि उपयोगी रंगशाला हुनुका साथै ६ घण्टाभित्र “बास्केटबल र आइस हकी मैदान” बीचको परिवर्तन हुनसकेको छ, जुन वास्तविक “ग्रीष्मकालीन ओलम्पिक खेलकुद र हिउँदे ओलम्पिक खेलकुदका लागि सुहाउँदो रंगशाला” हो।

यस पटकको परीक्षण कार्यक्रममा रंगशालाको संचालन टोलीले बरफको प्रत्याभूति, रंगशालाको संचालन र प्रतियोगिताको प्रक्रियामाथि परीक्षण गरेको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिको आइस हकी र प्यारा ओलम्पिक खेलकुदको आइस हकी खेल टोलीकी प्रमुख त्वान च्य्वी फाङले यसबारे जानकारी दिँदै भन्नुहुन्छ,

प्रतियोगिताका लागि हामीले उच्च स्तरीय आइस हकी प्रतियोगिताको प्रक्रिया बमोजिम काउन्टडाउनको परीक्षण गरेका छौं। आइस हकी प्रतियोगिताअघि ९० मिनेटदेखि प्रतियोगिताको आयोजना हुँदा हामीले काउन्टडाउनको परीक्षण गरेका छौँ। हामीले हरेक सेन्केन्डका लागि समय तालिकाको तर्जुमा गरेका छौँ र त्यस बमोजिम धेरै पटक पूर्व अभ्यास गरेका छौँ, जसबाट पूर्व निर्धारित समयमा प्रतियोगिताको थालना गर्नसकियोस्।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn