चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा एपेक उद्योग तथा वाणिज्य शिखर सम्मेलनमा लिखित मन्तव्य
उहाँका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चौतर्फी रूपमा सुधारलाई गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणलाई अगाडि बढाउने व्यवस्था गरेको छ। चीनले चौतर्फी रुपमा सुधारलाई अगाडि बढाउनेछ। चीनले उच्च गुणस्तरीय विकासलाई बढाउनेछ। चीनले हरित विकासको मार्गलाई निरन्तर पछ्याउनेछ। चीनले उच्चस्तरीय खुला अर्थतन्त्रको नयाँ प्रणालीको निर्माण गर्ने, अझ बढी स्वतन्त्र खुला र एकपक्षीय खुला नीतिको प्रस्तुत गर्ने, विश्वका सामु उच्च मापदण्डको स्वतन्त्र व्यापार क्षेत्र सञ्जालको विस्तार गर्ने गरी निरन्तर रूपमा विश्वसँग चीनको विकास अवसर बाँड्नेछ।
चीनको विकास एशिया–प्रशान्त क्षेत्रबाट अविभाज्य हुँदैन र यसले एशिया–प्रशान्त क्षेत्रलाई अझै बढी फाइदा पुर्याउने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।