नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा एपेक उद्योग तथा वाणिज्य शिखर सम्मेलनमा लिखित मन्तव्य

CRIPublished: 2024-11-16 09:58:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समय अनुसार नोभेम्बर १५ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले लिमामा आयोजित एपेक उद्योग तथा वाणिज्य शिखर सम्मेलनमा “समयको प्रवृत्तिलाई बुझेर संयुक्त रूपमा विश्व समृद्धिलाई बढाउने” शीर्षकमा लिखित मन्तव्य राख्नु भएको छ।

उहाँका अनुसार, विभिन्न देश र विभिन्न समूहलाई अझ राम्ररी लाभ पुर्याउनका लागि आर्थिक विश्वव्यापीकरणको दिशालाई सही तरिकाले मार्गदर्शन आवश्यक छ। हातमा हात मिलेर सार्वजनिक फाइदाजनिक तथा सहिष्णु आर्थिक विश्वव्यापीकरणलाई बढाउनुका साथै आर्थिक विश्वव्यापीकरणलाई अझ गतिशील, समावेशी र दिगो विकासको नयाँ चरणमा बढाउनुपर्छ।

पहिलो, नवीनता-संचालित पालन गरेर विश्व अर्थतन्त्रको बलियो विकासलाई बढाउनुपर्छ। वैज्ञानिक र प्राविधिक उपलब्धिबाट सम्पूर्ण मानवजातिलाई फाइदा पुर्याउने अवधारणाको पालना गरेर विकासोन्मुख देशहरूलाई वैज्ञानिक र प्राविधिक क्षमताको निर्माणलाई सबल पार्न सहयोग गर्नका साथै ज्ञान र प्रविधिको विश्वव्यापी प्रवाहलाई बढाउनुपर्छ।

दोस्रो, समयअनुसार अगाडिको अवधारणना पालना गर्दै विश्वव्यापी आर्थिक शासन प्रणालीको सुधारलाई बढाउनुपर्छ। अन्तर्राष्ट्रिय आर्थिक सहयोगमा सबै देशको अधिकार, अवसर र नियम समान भएको सुनिश्चित गर्नका लागि, साझा परामर्श, साझा निर्माण र साझा बाँड्ने सिद्धान्तको पालना गरेर ग्लोबल साउथको प्रतिनिधित्व र आवाजलाई निरन्तर बढाउनुपर्छ। खुला विश्व आर्थिक प्रणालीको निर्माणलाई बढाउनुका साथै विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता र सहजता कायम राख्नुपर्छ।

तेस्रो, जनमुखी सिद्धान्तको पालना गर्दै असन्तुलित विकासको समस्याको समाधानलाई बढाउनुपर्छ। गरिबी अझै गरिब र धनी मान्छे अझै धनी हुने आधारमा विश्वको समृद्धि र स्थायित्वको निर्माण हुँदैन। विभिन्न देशहरूको साझा विकास साँचिकै विकास हो। विभिन्न देश, विभिन्न तह र विभिन्न समूहलाई विकासको फल साझा बाँड्न लगाउनका लागि जनमुखी, विकास अझ सन्तुलित र अवसर अझ समान हुने आर्थिक विश्वव्यापीकरणको बाटो पछ्याउनुपर्छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn